• २ असोज २०८३, शुक्रबार
  • ८ः१९ बिहान

योगेश भट्टराईले लिए पर्यटनमन्त्रीको सपथ

प्रकाशित मिति

२०७६ श्रावण १५ गते, बुधबार ०५:४७

काठमाडौं, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले सपथ लिनु भएको छ । प्रतिनिधसभा चुनावमा ताप्लेजुङबाट निर्वाचित भट्टराईलाई प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा राष्ट्रपति विद्यादेवी भण्डारीले सपथ खुवाउनु भएको हो ।

National Life

सपथ कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरा, राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालगायतको उपस्थिति थियो । गत फागुन १५ गते हेलिकप्टर दुर्घटनामा तत्कालीन मन्त्री रवीन्द्र अधिकारीको निधन भएपछि खाली रहेको यो मन्त्रालय प्रधानमन्त्री आफैले सम्हाल्दै आएका आउनु भएको थियो र आज औपचारीक रुपमा भट्टराईलाई नियुक्त गर्नु भएको हो ।


२०६४ र २०७० सालको पहिलो र दोस्रो संविधानसभा चुनावमा काठमाडौं क्षेत्र नम्बर ६ बाट पराजित भएका नेकपा युवा नेता भट्टराई गत चुनावमा भने आफ्नै जन्मथलो ताप्लेजुङबाट विजयी हाशिल गरेका थिए । भट्टराईले नेपाली कांग्रेसका उम्मेद्वार केशवप्रसाद दाहाललाई २ हजार भन्दा बढी मतले पराजित गर्दै प्रतिनिधिसभा सदस्यमा विजयी भएका थिए । २०२३ साल भदौ २१ गते ताप्लेजुङको साँगुमा भीमलाल भट्टराई र महेन्द्रादेवी भट्टराईको कोखबाट जन्मिएका भट्टराईले समाजशास्त्र र मानवशास्त्र विषयमा एमए उत्तीर्ण गरेका छन् ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया