• ४ साउन २०८३, सोमबार
  • १:४० बिहान

‘जजमेन्टल है क्या’ले तीन दिनमा कमायो २२ करोड

प्रकाशित मिति

२०७६ श्रावण १५ गते, बुधबार ०४:३३

एजेन्सी,कंगना रनौट तथा राज कुमार राव स्टारर फिल्म ‘जजमेन्टल है क्या’ले वक्सअफिसमा सुखद् सुरूवात गरेको छ । कोईमोई डटकमका अनुसार रिलिजको दिन शुक्रबार ४.२० करोड भारूको कारोबार गरेको सिनेमाले दोश्रो दिन शनिबार त्यसमा ५० प्रतिशतले बढोत्तरी गर्दै ११.२ करोड भारूको कारोबार गरेको जनाएको छ ।

सिनेमाले पहिलो सप्ताहन्त (शुक्रबार, शनिबार र आइतबार) गरेर सिनेमाले कुल २२.०४ करोड भारू कमाएको छ । सिनेमाले समीक्षक र दर्शकबाट राम्रो रेटिङ र प्रतिक्रिया पाइरहेको छ ।

Kamana Sewa

प्रतिकृया