• ४ साउन २०८३, सोमबार
  • ८:०५ बेलुका

विभिन्न स्थानबाट अवैध लागूऔषध सहित १४ जना पक्राउ

प्रकाशित मिति

२०७६ श्रावण १३ गते, सोमबार ०२:५६

भक्तपुर, विभिन्न स्थानबाटबाट प्रहरीले १४ जना प्रकाकउ परेका छन् । सुर्खेत, स्याङजा, मोरङ, बारा र सुनसरीबाट अवैध लागूऔषध सहित १४ जना पक्राउ परेका हुन् ।

काठमाडौंको नागर्जुन नगरपालिका–४ बाफलस्थित चन्द्रागिरी नगरपालिका–६ घर भएका २४ वर्षीय सुजन खड्का समेत २ जनालाई नियन्त्रित लागूऔषध नोर्फिन ४५ एम्पुल, डाईजेपाम ४५ एम्पुल र फेनरागन ४५ एम्पुल सहित आइतबार राति प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१० स्थित मुस्कान अटो ग्यारेज संचालन गरी बस्ने २४ वर्षीय मनु राईलाई अवैध लागूऔषध ब्राउनसुगर २ ग्राम २ सय मिलिग्राम सहित आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

Kamana Sewa

स्याङजाको वालिङ नगरपालिका–१० भकुण्डेस्थित स्याङ्जा भिरकोट नगरपालिका–५ बस्ने २६ वर्षीय भिम बहादुर सेन सहित ४ जनालाई अवैध लागूऔषध ब्राउनसुगर १६ ।५ ग्राम सहित आइतबार राति प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय वालिङबाट खटिएको प्रहरीले बुटवलबाट पोखरातर्फ जाँदै गरेको ना.६ ख १२६७ नम्बरको बस जाँच गर्ने क्रममा बसमा सवार उनीहरुलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । मोरङको केराबारी गाउँपालिका–१० बगैचास्थित सुन्दरहरैचा ८ बस्ने २१ वर्षीय अमित खवास समेत ५ जनालाई अवैध लागूऔषध गाँजा करिब १ केजी २ सय ५० ग्राम सहित आइतबार राति प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय केराबारीबाट खटिएको प्रहरीले उनीहरुलाई जाँच गर्ने क्रममा उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

Classic Tech Desktop

बाराको जितपुर सिमरा उपमहानगरपालिका(२३ स्थित भारत घर भएका ३२ वर्षीय सलमगिर देवानलाई अवैध लागूऔषध गाँजा करिब ४ केजी सहित सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय जितपुरबाट खटिएको प्रहरीले पथलैयाबाट जितपुरतर्फ जाँदै गरेको ग।३ प ९०४० नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा चालक देवानलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । सुनसरीको बर्जु गाउँपालिका(३ केशलिया खोला नजिकबाट भारत अरिया ग्रामपंचायत–१२ बस्ने २० वर्षीय बिकेश कुमार रायलाई अवैध लागूऔषध गाँजा करिब १२ केजी सहित आइतबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी अमडुवा र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले जाँच गर्ने क्रममा उनलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा स्थानीय प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रतिकृया