• ४ साउन २०८३, सोमबार
  • ७:२३ बेलुका

ग्याङ्फाइट अपडेट: छुरा प्रहार गरी ग्याङ्फाइट गर्ने ९ जना पक्राउ

प्रकाशित मिति

२०७६ श्रावण ९ गते, बिहीबार ०५:०५

झापा, झापामा छुरा प्रहार गरी ग्याङ्फाइट गर्ने ९ जना पक्राउ परेका छन् । दमक नगरपालिका—२ बस्ने १८ वर्षीय बिक्रम लिम्बुको छुरा प्रहार गरी हत्या गरेको अभियोगमा सोही नगरपालिका—३ बस्ने कुशल मगर लगायत ९ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

छुरा प्रहारबाट गम्भीर घाइते भएका बिक्रमको लाईफ लाईन अस्पताल दमकमा उपचारको क्रममा मृत्यु भएको हो । छुरा प्रहारबाट घाइते भएका १ जनालाई उपचारका लागि बिएण्डसी अस्पताल बिर्तामोड पठाइएको छ । दमक नगरपालिका—१ स्थित दुर्गा मन्दिर पछाडि ग्याङ्फाइट भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

Kamana Sewa

प्रतिकृया