• ४ साउन २०८३, सोमबार
  • ७:१५ बेलुका

तिब्बतको सोह्र किलो सुन गोरखाको ओडारमा

प्रकाशित मिति

२०७६ श्रावण ९ गते, बिहीबार ०१:३५

गोरखा, तिब्बतबाट खच्चडमा ल्याएको सोह्र किलो सुन गोरखा धार्चे गाउँपालिका खोर्लाबेसीमा ओडारमा बरामद भएको छ । २७ दिनदेखि हराइरहेका धनकमल गुरुङले लुकाएको सुन ओडारमा भेटिएको प्रहरी स्रोतले जानकारी दिएको छ ।

प्रहरीका अनुसार लुटेराले लुट्न खोजेपछि धनकमलले उक्त सुन ओडारमा लुकाएको प्ररम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जानकारी दिएको छ भने गएको २७ दिनदेखि हराइरहेका धनकमललाई खोज्न परिवारले प्रहरीमा निवेदन दिएका थिए । प्रहरीले बुधबार नै उनलाई पक्राउ गरेको थियो ।

Kamana Sewa

प्रतिकृया