बाढीले क्षतिग्रस्त सडक मर्मत सुरु
प्रकाशित मिति
२०७६ श्रावण ९ गते, बिहीबार १०:५४
उदयपुर(दैनिक उपभोग्य वस्तुको अभाव हुन थालेपछि उदयपुरको रौतामाई गाउँपालिकाले बाढीपहिरोले क्षतिग्रस्त पारेको मुर्कुची भुट्टार सडकको मर्मत कार्य सुरु गरेको छ । गाउँपालिकाको प्रायः वडामा दैनिक उपभोग्य वस्तु अभावका साथै मूल्यवृद्धि समेत हुनथालेपछि मूल्यवृद्धि नियन्त्रण र उपभोग्य वस्तुको अभावपूर्ति गर्न सडक मर्मत सुरु गरिएको हो । अब पानी परेर सडक नबिग्रिए बढीमा एक सातामा सडक मर्मत सकेर उपभोग्य वस्तु आपूर्ति गर्ने गाउँपालिकाले जनाएको छ ।
सडक मर्मत गरेर आपूर्ति सहज गर्नेभन्दा अन्य कुनै उपाय नभएको मुर्कुची बजारदेखि गाउँपालिकाको केन्द्र भुट्टारसम्म जोड्ने सडकलाई पहिलो प्राथमिकतामा राखेर मर्मतको काम सुरु गरीएको प्रमुख प्रशासकीय अधिकृत खम्बराज राईले बताउनस भयो । बाढीपहिरो रोकिएर जनजीवन सामान्यतर्फ फर्किए पनि दैनिक उपभोग्य वस्तुको अभाव भने दिनप्रतिदिन बढ्दै गएको उहाले बताउनु भयो ।
अधिकृत राईका अनुसार गाउँपालिकाको मुख्य व्यापारिक कारोबार हुने मुर्कुचीबजार नजिकैका छौडिया र पुवारेखोला नियन्त्रणका लागि तटबन्ध गर्ने कामसमेत सुरु गरिएको छ । गत साताको बाढी पहिरोमा परी रौतामाई गाउँपालिकामा २ जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन् । मृतकका परिवारलाई तत्काल २५ हजार रुपैयाँका दरले नगद सहयोग गरे पनि अन्य राहतका विषयमा भने गाउँपालिकाले निर्णय गर्ने राईले जानकारी दिनुभयो । ।




प्रतिकृया