मस्त घुमघाममा साम्राज्ञी
प्रकाशित मिति
२०७६ श्रावण ७ गते, मंगलवार ०२:०४
फिल्म छायांकन पश्चात घुमघामको लागि बालि पुगेकी नायिका साम्राज्ञी राज्य लक्ष्मी शाह आफ्नो प्रेमी संगको तस्विरका कारण खुबै आलोचित बनिन । अहिले सो बिरोधीहरुलाई मध्यनजर गर्दै “हाथी चले बजार, कुत्ते भोके हजार” भनेकी छिन । सो कुरा उनले सामाजिक संजालमा पोस्ट गरेकी छैनन् तर फेसबुक र इन्स्टा स्टोरिमा एकसाथ यो कुरालाई पोस्ट गरेकी छिन ।

उनले यो स्टाटस प्रेमीसँग तस्बिर आलोचित भएपछि पोस्ट गरेकी हुन् । उनले यो पोस्ट मार्फत आलोचनाले केहि फरक नपर्ने उल्लेख गरेकी छन् । साथै उनले आफुलाई हात्ती र आलोचकलाई कुकुर भन्ने संकेत गरेकी छन् । यतिबेला उनि घुमघामकै क्रममा छिन भने विभिन्न ठाउमा घुमघाम गर्दै गरेको तस्विरहरु आफ्नो सामाजिक संजालाहरुमा सार्बजनिक गरिरहेकी छिन ।

साम्राज्ञी ‘रातो टिका निधारमा’ फिल्मको छायांकनपछि फुर्सदमा छिन् । फुर्सकको समयमा साम्राज्ञी प्रेमीसँग घुमघाम गर्न बाली पुगेकी हुन् । पछिल्लो समय उनले वान पिस रेड ड्रेसमा घुम्दै गरेको केहि तस्विरहरु फेसबुकमा सार्बजनिक गरेकी छन् ।









प्रतिकृया