• ४ साउन २०८३, सोमबार
  • ७:१६ बेलुका

बाजुरामा जीप दुर्घटनाः चालकसहित २ को मृत्यु

प्रकाशित मिति

२०७६ श्रावण ३ गते, शुक्रबार १२:०८

बाजुरा, बाजुराको जगन्नाथ गाउँपालिका–५ स्थित जुवाखोलामा जीप दुर्घटना हुँदा चालकसहित २ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा टीकापुर नगरपालिका–४ का २६ वर्षीय जीपका चालक रमेश बोगटी र खत्याड गाउँपालिका–६ मुगुका २४ वर्षीय रामबहादुर शाही रहेका छन् । उनीहरुको घटनास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार चालकसहित १५ जना सवार जीपमा थिए । दुर्घटनामा ११ जना घाइते भएका छन् । ती मध्ये ४ जनाको अवस्था गम्भीर रहेको छ । क१ज२१ नम्बरको जीप शुक्रबार बिहान साढे ८ बजे दुर्घटना भएको हो। गम्भीर घाइतेलाई उपचारका लागि नेपालगञ्ज लैजान हेलिकोप्टर मगाइएको छ।

Kamana Sewa

प्रतिकृया