• २ असोज २०८३, शुक्रबार
  • १ः५२ राती

दाङमा पेट्रोलयम पदार्थको चरम अभाव

प्रकाशित मिति

२०७६ श्रावण ३ गते, शुक्रबार १०:३१

ट्याङ्कर चालकहरुको आन्दोलनका कारण दाङमा करिब एक सातादेखि पेट्रोलियम पदार्थको चरम अभाव छ। तापक्रमको कारण पेट्रोलियम पदार्थमा घट्ने हुँदा आफुहरुले घाटा ब्यहोर्न परेको भन्दै चालकहरु गत असार २६ देखि आन्दोलन उत्रिएका हुन्। आन्दोलनका कारण दाङ र पहाडी जिल्लाहरुमा पेट्रोलियम पदार्थको अभाव भएको नेपाल आयल निगम डिपो तुलसीपुरका प्रमुख सुदीप पोख्रेलले बताउनु भयो ।

National Life

तर, दाङको देउखुरी क्षेत्रमा नेपालगञ्ज डिपोबाट तेल आउने भएकाले त्यहाँ अभाव नभएको उहाको भनाइ छ। तुलसीपुर डिपोमा भारतको गोण्डाबाट ढुवानी गरी तेल ल्याउँदा तापक्रमका कारण पेट्रोलियम पदार्थ घट्ने र घटेको पेट्रोल ढुवानीकर्ता अर्थात् चालकले पूर्ति गर्नुपर्ने भएको भन्दै उनीहरु आन्दोलित भएका हुन्। प्रमुख पोख्रेलले भन्नुभयो ‘४१ डिग्री सेल्सियस तापक्रम भएको ठाउँबाट २५÷२६ डिग्री सेल्सियस तापक्रम भएको स्थानमा ल्याउँदा पेट्रोलियम पदार्थको मात्रा घट्छ।’ यदि एक डिग्री सेल्सियस तापक्रम घटेमा १५ लिटर डिजल र २१ लिटरसम्म पेट्रोलको मात्रा घट्ने प्रमुख पोख्रेलको भनाइ छ। उक्त घाटा ढुवानी व्यवसायी व्यहोर्दै आएका उहाले बताउनु भयो ।

प्रतिकृया