• ४ साउन २०८३, सोमबार
  • ७:४२ बेलुका

रानीमहलमा ‘ईको पार्क’ निर्माण हुदै

प्रकाशित मिति

२०७६ श्रावण ३ गते, शुक्रबार ०९:५७

पाल्पा, प्रेमको प्रतीक मानिने पाल्पाको रानीमहलमा पर्यटक लक्षित ईको पार्क निर्माण सुरु गरिएको छ । रानीमहल क्षेत्रमा हरियाली बगैंचा र विभिन्न किसिमका फूलसहित ईको पार्क निर्माण शुरु गरिएको हो । डिभिजन वन कार्यालय पाल्पाले पार्क निर्माणलाई अन्तिम रुपमा दिएको छ ।

प्रदेश सरकारको १६ लाख र स्थानीय उपभोक्ता समितिको ४ लाख गरि २० लाख रुपैयाँमा पार्क निर्माणको काम भईरहेको डिभिजन वन कार्यालय पाल्पाका सूचना अधिकारी यमलाल पोखरेलले बताउनु भयो । रानीमहलको जग छेउमा खोलाबाटै पर्खाल उठाएर करिब २ रोपनी क्षेत्रफलमा माटो भर्ने काम अन्तिम चरण पुगेको छ । नर्सरी तथा फलफूल विज्ञको सुझाव तथा निर्देशनमा ईको पार्कमा बिरुवा लगाईने बताइएको छ ।

Kamana Sewa

प्रतिकृया