मेरो निर्णयले बालुवाटार जग्गामा नक्कली मोही खडा भएको होइन: पूर्वप्रधानमन्त्री नेपाल
प्रकाशित मिति
२०७६ श्रावण २ गते, बिहीबार १०:५६
काठमाडौँ, ललितानिवासको जग्गा हिनामिना प्रकरणमा मुछिएपछि पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आफ्नो निर्णयले नक्कली मोही खडा नभएको दाबी गर्नु भएको छ । ललितानिवास जग्गा हिनामिना प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लिएको बयानमा पूर्वसचिव रहेका आयोगका पूर्व प्रमुख आयुक्त दीप बस्न्यातले प्रधानमन्त्री माधवकुमार नेपाल र मुख्यसचिव माधव घिमिरेको निर्देशनमा आफूले निर्णय गरेको बताउनु भएको थियो ।
नेपालले भने सरकारी जग्गामा आफूले नक्कली मोही खडा नगरेको र मन्त्रालयबाट आएको निर्णयका आधारमा मोहीलाई सट्टाभर्ना र क्षतिपूर्ति दिएको दाबी गरेका छन्। प्रमुख सत्तारुढ दल नेकपाको वरिष्ठ नेतासमेत रहेका पूर्वप्रधानमन्त्री नेपालले जुनसुकै ओहदा वा भूमिकामा रहे पनि ललितानिवास परिसरको जग्गा हडप्नेमाथि कुनै मोलाहिजा नगरी दण्डित गर्नुपर्ने बताउनु भएको हो । ललितानिवासको जग्गा भूमाफियाको पक्षमा हुनेगरी भएका निर्णयमा नेपाल नेतृत्वकै मन्त्रिपरिषद्को संलग्नता खुलेपछि उनले यस्तो प्रस्टीकरण दिनु भएको हो ।
२०६६ चैत २९ मा नेपालको नेतृत्वमा बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री निवास विस्तारका नाममा समरजंग कम्पनीको २७ रोपनी ७ आना २ दाम १ पैसा जग्गामध्ये १३ रोपनी ११ आना ४ दाममा मोही कायम गरेर भूमाफियालाई दिएको थियो। तर नेपालले उक्त निर्णय हुनुअगाबै नक्कली मोहीसहित जग्गाको स्रेस्ता कायम भएको दाबी गरेको थियो ।
नागरिक दैनिकबाट साभार






प्रतिकृया