• ४ साउन २०८३, सोमबार
  • १:२२ बिहान

बाढी पहिरोः मृतक परिवारलाई तीन लाख रुपैया राहत

प्रकाशित मिति

२०७६ असार २८ गते, शनिबार ०२:४६

धनुषा, प्रदेश २ को सरकारले बाढी पहिरोमा भएको धनजनको क्षतिप्रति दुःख व्यक्त गर्दै मृतकका परिवारलाई तीनरतीन लाख रुपैयाँ राहत उपलब्ध गराउने भएको छ ।शनिबार बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले राहत र उद्धारलाई निरन्तरता दिँदै मृतकका परिवारलाई राहत रकम उपलब्ध गराउने निर्णय गरेको हो ।

त्यस्तै राहत तथा उद्धारका लागि प्रत्येक जिल्लाका विपद् व्यवस्थापन समितिलाई तत्कालका लागि दश, दश लाख रुपैया उपलब्ध गराउने निर्णय समेत गरेको छ । बैठकले हाल सम्म राहत तथा उद्धारमा खटिएका नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्वयंसेवकहरुलाई राहत तथा उद्धारमा जुट्न प्रदेशभरिका युवाहरुलाई आह्वान समेत गरेको छ ।

Kamana Sewa

प्रतिकृया