• ४ साउन २०८३, सोमबार
  • ६:५७ बेलुका

सोमालियामा आत्मघाती आक्रमणमा ७ जनाको मृत्यु

प्रकाशित मिति

२०७६ असार २८ गते, शनिबार ०२:५०

काठमाडौंः सोमालियाको दक्षिणी क्षेत्रमा रहेको एक होटलमा आत्मघाती आक्रमण हुँदा कम्तिमा सात जनाको मृत्यु भएको छ । आत्मघाती आक्रमणकारीले बिस्फोटक पदार्थसहितको कार किस्मायोमा रहेको एसासी होटलमा बिस्फोट गराएको प्रत्यक्षदर्शीले बताएका छन् । त्यसपछि बन्दुकधारीले अन्धाधुन्ध गोली चलाएका थिए ।

इस्लामिक समूह अल–शबाबले आक्रमणको जिम्मा लिएको छ । आक्रमण भएका बेला होटलमा क्षेत्रीय राजनीतिज्ञ र नेताहरु थिए । उनीहरुले आउँदो क्षेत्रीय चुनावका बारेमा छलफल गरिरहेका थिए । क्यानडियन–सोमाली टेलिभिजन पत्रकार होडन नालायिहको सो आक्रमणमा परी मृत्यु भएको जनाइएको छ ।

Kamana Sewa

प्रतिकृया