• ४ साउन २०८३, सोमबार
  • ७:१५ बेलुका

भक्तपुरमा सांसद कोषको सही सदुपयोग

प्रकाशित मिति

२०७६ असार २६ गते, बिहीबार ०७:१४

भक्तपुर, भक्तपुर जिल्ला विकासका काम गर्ने एक अब्बल जिल्ला सवित भएको छ । तथ्यांकअनुसार भक्तपुर विकासका काम गर्नेमा एक अब्बल जिल्लामा परेको हो । प्रदेशभित्रका एक सय ६१ निकायले विभिन्न जिल्लामा गरेको काममध्ये भक्तपुरमा छुट्याइएको बजेटमा ६० दशमलव ५७ प्रतिशत खर्च भएकोले भक्तपुर जिल्ला अब्बल जिल्ला भएको हो ।

विकास र समृद्धिको व्यापकमात्रामा उपयोग गरिरहेको जिल्ला, त्यस्तै निर्वाचन सांसद विकास कोषको उपयोगीता पनि अत्यन्तै उत्कृष्ट, प्रभावकारी भएको देखिएको हो । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का युवा नेता, पूर्वउद्योगमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतको क्षेत्र नं. २ मा बजेटको सही सदुपयोग तथा कामले तिव्रता दिएको पाइएको छ । बस्नेतको निरन्तर खवरदारी, अनुगमनका कारण बजेटको सही सदुपयोग तथा प्रयोग वास्तविक ठाउँमा भएको र उल्लेख्य मात्रामा प्रगति देखिएको हो । निर्वाचन क्षेत्र विकास कोषको बजेटले शुरुवात भएका १८ आयोजनाहरु तिव्र गतिका साथ अगाडि बढेको छ ।

Kamana Sewa

मध्यपुर थिमी नगरपालिका तेह्र आयोजनाहरु

Classic Tech Desktop

१) मध्यपुर थिमी नगरपालिका वडा नं. १ शिवनगर टोल कालोपत्रे
२) मध्यपुर थिमी नगरपालिका वडा नं.३ अरनीको वस्तीमा सामुदायीक भवन निर्माण,
३) मध्यपुर थिमी नगरपालिका वडा नं.४ र ५ लावाटोलबाट दुई पोखरी जाने सडक निर्माण,
४) मध्यपुर थिमी नगरपालिका वडा नं. ५ र ६ सिद्धिकाली चोकबाट नासननी जाने सडक निर्माण,
५) मध्यपुर थिमी नगरपालिका वडा नं.७ नगदेश गार्चामा कलात्मक द्धार निर्माण,६) मध्यपुर थिमी नगरपालिका वडा नं. ८ सिन्जा पाटीबाट बृद्धाश्रम जाने सडक निर्माण,
७) मध्यपुर थिमी नगरपालिका वडा नं.९ सानोवन उद्यान संरक्षण,
८)मध्यपुर थिमी नगरपालिका वडा नं.१ मनोहरा प्लानिङ्को खुल्ला क्षेत्रमा उद्यान निर्माण,
९) मध्यपुर थिमी नगरपालिका वडा नं.३ तेस्रोटारमा सामुदायीक भवन निर्माण,
१०) मध्यपुर थिमी नगरपालिका वडा नं. ६ कुण्डोलमा सामुदायीक भवन निर्माण,११) मध्यपुर थिमी  नगरपालिका वडा नं. २ सानो थिमी एस ओ एस अगाडीको सामुदायीक भवन निर्माण,
१२) मध्यपुर थिमी नगरपालिका वडा नं. २ चेतनशिल युवा क्लवको भवन निर्माण तथा ट्रस निर्माण,
१३) मध्यपुर थिमी नगरपालिका वडा नं. ९ नागवेली मार्गमा ढल निर्माण,

सूर्यविनायक नगरपालिका पाँच आयोजनाहरु

१) सूर्यविनायक नगरपालिका वडा नं. ५ सिजर्ना नगरबाट नगरपालिका जाने सडक,
२) सूर्यविनायक नगरपालिका वडा नं. ७ मा फुटसल तथा सामुदायीक भवन,
३)सूर्यविनायक नगरपालिका वडा नं. ४ तर्खाल कृष्ण मन्दिरदेखी सेतोपाटी कार्की गाउँ जाने सडक तथा कुलो निर्माण,
४) सूर्यविनायक नगरपालिका वडा नं. ३ चुमटोल उकालो बाटो स्तरउन्नती,
५) सूर्यविनायक नगरपालिका वडा नं. ५ सूर्यनगर सडक कालोपत्रे,

फोटो फिचर

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

प्रतिकृया