‘डिएनए क्लोथिङ’को ब्राण्ड एम्बेस्डरमा गायक प्रकाश सपूत
प्रकाशित मिति
२०७६ असार २५ गते, बुधबार ०३:०७
काठमाडौं, लोकप्रिय लोक गायक प्रकाश सपूत ‘डिएनए क्लोथिङ’ ब्राण्डको एम्बेस्डर हुनु भएको छ । बिगत दुई वर्ष बजारमा आएको कपडाको ब्राण्ड डिएनएले बुधबार प्रकाशलाई एक कार्यक्रमका बिच एम्बेस्डरको घोषणा गरेको हो ।
एकबर्षका लागी एम्बेस्डरको रुपमा डिएनएसँग हस्ताक्षर गरेका प्रकाशले आफ्नो लागी यो ठूलो सफलता बताउँनु भयो । प्रकाशले कार्यक्रममा बोल्दै, ‘मेरो लागी डिएनएसँगे जोडिनु ठूलो सफलता हो । म यस ब्राण्डसँग जोडिनुको मुख्य कारण देश बिदेश छरिएर रहेका युवाहरुमाझ छिटो पुग्न सक्नु भन्ने हो ।’

डिएनएको तर्फबाट केदार प्रसाद न्यौपानेले गायक प्रकाशलाई प्रमाण पत्र प्रदान गर्नु भयो । केदारले पछिल्लो समय युवापुस्ताको मनमुटुमा बस्न सफल भएकै कारण प्रकाशलाई आफ्नो ब्राण्डसँग जोडेको बताउँनु हुन्छ । कार्यक्रममा गायिका शान्तिश्री परियार, तिलक बस्नेत लगायतको उपस्थिती रहेको थियो ।

गायक प्रकाश पछिल्लो समय सार्वजनिक ‘गलबन्दी’ बोलको लोकगीतका गायक तथा संगीतकार हुन् । उहाँको यस गीत केहिसमय बिवादमा पनि रह्यो । प्रकाशको ‘बोलमाया’, ‘दोहोरी ब्याटल’ लगायतका गीत सर्वाधिक रुचाइएका गीत हुन् । यी गीत युट्युवमा करोड बढी भ्युज छन् ।




प्रतिकृया