प्रहरी र विप्लव समूहबीच गोली हानाहान, एक प्रहरी र एक विप्लवका कार्यकर्ताको मृत्यु
प्रकाशित मिति
२०७६ असार २५ गते, बुधबार ११:४५
भोजपुर,भोजपुरमा बुधबार बिहान साढे आठ बजे नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ता र प्रहरीबीच गोली हानाहान भएको छ ।यो घटनाको भोजपुर सदरमुकामको हटिया लाइनमा भएको हो । अहिलेसम्म सुरक्षाकर्मीलाई लक्षित गरी आक्रमण गर्ने योजना नभएको बताईरहेको सो समुहले भोजपुरमा प्रहरीमाथी आक्रमण गरेको हो ।
उक्त झडपमा दुवै तर्फ एकरएक जनाको मृत्यु भएको बताइएको छ । बिहान साढे आठ बजे गोली हानाहान हुँदा विप्लव समूहका ओखलढुंगा जिल्ला इञ्चार्ज निरकुमार राईको मृत्यु भएको जनाएको छ । गोली लागेर प्रहरी जवान सन्जिव राइको मृत्यु भएको छ । अरू प्रहरी पनि घाइते भएको र उनीहरुलाई अस्पताल लगिएको भोजपुर प्रहरीले जनाकारी दिएको छ ।

विप्लवका कार्यकर्ताले हानेको गोली लागेर एक जना प्रहरीको मृत्यु भएको छ । भोजपुर बजारमा ड्युटिमा रहेका प्रहरीमाथि आक्रमण गर्दा प्रहरी जवान सन्जिव राइको गोली लागेको मृत्यु भएको हो । त्यस्तै प्रहरी प्रतिकारमा उत्रदा विप्लव नेकपाका एक कार्यकर्ताको पनि ज्यान गएको छ। मृत्यु हुनेमा विप्लव नेकपाका ओखलढुंगा इन्चार्ज रहेको खुल्न आएको छ । प्रहरीले उनको साथबाट पेस्तोलसमेत बरामद गरेको छ। घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरी जानकारी दिएको छ ।





प्रतिकृया