बर्षाले प्रभावित भारत र न्युजिल्याण्डबीचको बाँकी खेल आज हुदै
प्रकाशित मिति
२०७६ असार २५ गते, बुधबार ०७:००
एजेन्सी । आईसीसी विश्वकप क्रिकेटमा आज भारत र न्युजिल्याडबीचको बाँकी खेल हुदैछ । बर्षाले प्रभावित पहिलो सेमिफाइनलको बाँकी खेल आज हुन लागेको हो । ४६ दशमवल १ ओभरमा रोकिएको खेल ‘रिजर्व डे’ का अनुसार आज खेलाउन लागिएको हो । न्युजिल्याण्डले ४६ दशमलव १ ओभरबाट बाँकी खेल खेल्नेछ । म्यानचेष्टरको ओल्डट्राफोर्डमा करिब साढे चार घण्टा बर्षा भएपछि न्युजिल्याण्डको ईनिङ्स पुरा गर्न पाएन । खेल रोकिनु अघि न्युजिल्याण्डले ४६ दशमलव १ ओभरमा ५ विकेट गुमाएर २ सय ११ रन बनाएको थियो ।
बर्षा नरोकिएपछि अम्पायरले बाँकी खेल रिजर्व डे अर्थात आज (बुधबार) हुने निर्णय गरेका थिए । न्युजिल्याण्डले ४६ दशमलव १ ओभरमा रहेर ब्याटिङ गर्नेछ । म्यानचेष्टरमा आज समेत ६५ प्रतिशत बर्षाको सम्भावना छ । खेल हुन नसकेको अवस्थामा भारत अंकका आधारमा फाईनल पुग्नेछ । ओल्ड ट्राफोर्डमा वर्षाले खेल रोकिनु अघि पहिले ब्याटिङ गरिरहेको न्युजिल्याण्डले ४६ ओभर १ बलमा ५ विकेट गुमाएर २११ रन बनाएको थियो । न्युजिल्याण्डका रोस टेलर ६७ रनमा अविजित रहेका छन् । यस्तै कप्तान केन विलियम्सन ६७ रन जोडेर आउट भएका हुन ।





प्रतिकृया