• १ असोज २०८३, बिहीबार
  • ३ः५९ दिउँसो

अवैध लागूऔषध सहित एक जना पक्राउ

प्रकाशित मिति

२०७६ असार २४ गते, मंगलवार ०६:०९

सिराहा,अवैध लागूऔषध सहित २५ वर्षीय युवा पक्राउ परेका छन् । पक्राउ पर्नेमा गोलबजार नगरपालिका—५ का २५ वर्षीय बलिराम महतो रहेका छन् ।महतोलाई अवैध लागूऔषध ब्राउनसुगर ६ ग्राम ३ सय मिलिग्राम र नगद २२ हजार ८ सय १० रुपैयाँ सहित सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

National Life

जिल्ला प्रहरी कार्यालय सिराहा र ईलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएको प्रहरीले उनको घर खानतलासी गर्दा बिक्री वितरणको लागि लुकाईछिपाई राखिएको उक्त परिमाणको लागूऔषध फेला पारेको हो । यस सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको बताएको छ ।

प्रतिकृया