• २ असोज २०८३, शुक्रबार
  • २ः२३ राती

दैनिक ४२ करोड लिटर पानी आवश्यक काठमाडौँमा १० करोड लिटर मात्रै उपलब्ध

प्रकाशित मिति

२०७६ असार २१ गते, शनिबार १०:०३

काठमाडौँ, काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) का अनुसार काठमाडौँमा एक व्यक्तिलाई प्रतिदिन १३५ लिटर पानी आवश्यक पर्छ । यो आधारमा उपत्यकाका ३० लाख जनसंख्यालाई दैनिक ४२ करोड लिटर पानी आवश्यक पर्छ ।

National Life

तर, केयुकेएलसँग अहिले प्रतिदिन १० करोड लिटर मात्रै उपलब्ध छ । योमध्ये ३५ देखि ४० प्रतिशत पानी त चुहिएरै सकिन्छ । त्यसैले उपभोक्ताको घरमा ५ देखि ६ करोड लिटर मात्रै पुग्ने गरेको छ। यस आधारमा दैनिक एक व्यक्तिको भागमा २० लिटर मात्रै पर्छ । तर, उपभोक्ताले यही पानी पनि दैनिक नपाउने भएकाले जटिल समस्या छ ।

‘उपत्यकाभित्रका सर्फेसमा रहेका पानीका स्रोत अधिकतम प्रयोग गरिएको छ । जमिनमुनिको पानी पनि ८० ठाउँबाट उत्पादन हुँदै छन् । यी सबैबाट दैनिक १० करोड लिटर पानी मात्रै उत्पादन हुन्छ । तर, माग ४२ लाख लिटरको छ । यति ठूलो मागलाई १० करोड लिटरले कसरी धान्न सक्छ,’ केयुकेएलका प्रवक्ता प्रकाशकुमार राईले भने ।

Classic Tech Mobile
Classic Tech Desktop

नयाँ पत्रिका दैनिकबाट साभार

प्रतिकृया