• ४ साउन २०८३, सोमबार
  • ७:१२ बेलुका

 काठमाडौँबाट लागुऔषधसहित दुई जना पक्राउ

प्रकाशित मिति

२०७६ असार १८ गते, बुधबार १२:२३

काठमाडौँबाट लागुऔषधसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

महानगरीय प्रहरी प्रभागटोलीले मङ्गलबार साँझ नेपालगञ्जबाट काठमाडौँ आउँदै गरेको ना५ख ८७४१ नंको बस जाँचका क्रममा सिरहाका २७ वर्षीय विवेक चौधरी र बाँकेका २४ वर्षीय विप्लव शाहीलाई पक्राउ गरेको हो ।

Kamana Sewa

प्रहरीले चौधरीको साथबाट ५६ एम्पुल डाइजेल्याव, ५८ एम्पुल फेनार्गन, ५५ एम्पुल नुर्फिन र शाहीको साथबाट १०४ ट्याब्लेट नाइट्राभेट बरामद गरेको छ ।

Classic Tech Desktop

पक्राउ परेका दुवैलाई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिकृया