• २२ भदौ २०८३, सोमबार
  • १२ः३२ राती

मुख्यमन्त्री पोखरेल चीन प्रस्थान

प्रकाशित मिति

२०७६ असार १६ गते, सोमबार ०१:४७

प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेल चीनतर्फ प्रस्थान गरेका छन ।

National Life

सोमबार बिहान चिनियाँ कम्युनिष्ट पार्टी अन्तराष्ट्रिय विभागको निमन्त्रणामा मुख्यमन्त्री पोखरेल चाइना साउथर्न एयरलाइन्सचीनको छेन्दु प्रस्थान गगरेका हुन । भ्रमणका क्रममा चीनको सिचुवान प्रान्त र प्रदेश ५ बीच भगिनी सम्बन्ध कायम गर्ने बारेमा समझदारी हुनेछ ।

भ्रमण दलमा गण्डकी प्रदेशका प्रमुख सचेतक मायानाथ अधिकारी, प्रदेश ५ कि सचेतक पार्वती पुन, प्रदेशसभा सदस्य हरि रिजाल, प्रदेश ३ का प्रदेशसभा सदस्य राजेश शाक्य, प्रतिनिधिसभा सदस्य नवराज रावत, घोराही उपमहानगरपालिकाका मेयर नरुलाल चौधरी, ठाकुरबाबा नगरपालिकका मेयर घननारायण श्रेष्ठ, युवा संगठनका अध्यक्ष रामप्रसाद सापकोटा, अखिलका अध्यक्ष ऐन महर संविधानसभा सदस्य ऋषि पोखरेल, नेकपा भोजपुर अध्यक्ष प्रेमकुमार राई, मुख्यमन्त्रीका प्रेस सल्लाहकार शेरबहादुर केसी, स्वकीय सचिव तिरनराज गौतम,युवा नेता शिवराम यादव, सुमित्रा विसी, रणबहादुर चन्द,मञ्जुदेवी साह, पत्रकारहरु मोहन बास्तोला र देविका घर्ती रहेका छन् ।

Classic Tech Desktop

मुख्यममन्त्री पोखरेल असार २५ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ ।

प्रतिकृया