• २२ भदौ २०८३, सोमबार
  • ११ः५० राती

जनजागरण अभियान अन्तर्गत कार्यकर्ता प्रशिक्षण कार्यक्रम सम्पन्न: नेपाली कांग्रेस सोलुखुम्बु

प्रकाशित मिति

२०७६ असार १६ गते, सोमबार ०१:३१

नेपाली कांग्रेस सोलुखुम्बु—काठमाडौं सम्पर्क समितिको आयोजनामा आयोजित समितिको प्रशिक्षण कार्यक्रम भव्यताका साथ सम्पन्न भएकाे छ ।

National Life

नेपाली कांग्रेस सोलुखुम्बु—काठमाडौं सम्पर्क समितिका शभापति मनोज खड्काको सभापतित्वमा सम्पन्न उक्त प्रशिक्षण कार्यक्रमको प्रमुख अतिथि नेपाली कांग्रेसको केन्द्रीय सभापति एवं सम्मानिय पुर्व प्रधानमन्त्री शेरबहादुर देउवा रहेका थिए । हिमाल, पहाड, तराई—मधेस जनजागरण अभियान अन्तर्गत एक दिने कार्यकर्ता प्रशिक्षण कार्यक्रम भव्यताका साथ सम्पन्न भएको हो ।

त्यस्तै विषेश अतिथिहरुमा नेपाली कांग्रेसका पार्टी प्रबक्ता विश्व प्रकाश शर्मा, नेपाली कांग्रेश सोलुखुम्बुका पूर्व पार्टी सभापति आङ गेलु शेर्पा, प्रभुराम बस्नेत, माननीय जिप छिरीङ शेर्पा, पर्यटन ब्यबसायी आङ छिरीङ शेर्पा, नामग्याल शेर्पा, मिङमार दोर्जी शेर्पा, दावा गेलु पाख्रिन (राजु), डोल्मा तामाङ, कृष्ण निरौला, गणेश बस्नेत, राजन जंग बस्नेत लगायतका बिशिष्ट व्यक्तिहरुको उपस्थितिमा उक्त प्रशिक्षण कार्यक्रम भव्यताको साथ सम्पन्न भएको हो ।

Classic Tech Desktop

प्रतिकृया