• ४ साउन २०८३, सोमबार
  • ६:५९ बेलुका

कुवेतमा दूतावासलाई कामदारको ज्ञापन पत्र

प्रकाशित मिति

२०७६ असार १४ गते, शनिबार १०:५९

कुवेतमा रहेका नेपाली घरेलु कामदारहरुले कुवेतस्थित नेपाली दूतावासमा ज्ञापनपत्र बुझाएका छन् । विदामा घर परिवारसँग भेट्न पाउनु पर्ने व्यवस्थाको माग गर्दै ज्ञापनपत्र बुझाएका हुन । शुक्रबार हिजो नेपाली दूतावासमा ज्ञापनपत्र बुझाइएको कुवेतमा गठन गरिएको घरेलु कामदार संघर्ष समितिका संयोजक टिकाराम आचार्यले जानकारी दिनुभयो । ती देशमा रहेकाहरु सरकारले श्रम स्वीकृति नदिने भएपछि उनीहरु विदामा पनि घर आउन छोडेका छन् ।

परिवारसँग भेटघाट गर्ने अधिकारबाट समेत उनीहरु वञ्चित भएका छन् । तत्कालीन व्यवस्थापिका संसद्को अन्तर्रा्ष्ट्रिय सम्बन्ध तथा श्रम समितिले घरेलु कामदारका रुपमा नेपाली महिलाहरुलाई चार लाख रुपैयाँमा बेचेर खाडी मुलुक र्पुयाउने गरिएको भन्दै २०७४ चैत २० गते देखि खाडी मुलुकमा घरेलु कामदार पठाउने श्रम स्वीकृति पूर्णरुपमा बन्द गर्न सरकारलाई निर्देशन दिएको थियो । सजिलो काम र मासिक कम्तमिा ४० हजार भन्दा बढी तलव हुने भएका कारण नेपालीहरु पुनः श्रम स्वीकृति लिएर जान लालयित हुने गरेका छन् । रोजगारीमा जान नपाएपछि उनीहरुले कि सरकारले स्वदेशमा रोजगारी दिनुपर्ने अन्यथा विदामा घर फर्किएका र रोजगारीमा जान चाहनेहरुलाई श्रम स्वीकृति दिनु पर्ने माग गरेका छन् ।

Kamana Sewa

प्रतिकृया