• ४ भदौ २०८३, शुक्रबार
  • ८:०७ बिहान

सुनको मूल्य इतिहासकै महंगो

प्रकाशित मिति

२०७६ असार १० गते, मंगलवार १२:५१

सुनको मूल्य इतिहासकै महंगो भएको छ ।

मंगलबार सुनको भाउ बढेर तोलाको ६५ हजार ५ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

Kamana Sewa

गएको शुक्रबारदेखि तोलाको ६५ हजार रुपैयाँमा कारोबार भएको सुनको भाउ मंगलबार तोलामा ५ सय रुपैयाँ बढेको हो । अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ प्रति औँस ३० डलरले बढेको छ । सोमबार प्रति औँस १४ सय ४ डलरमा कारोबार भएको सुन मंगलबार १४ सय ३५ डलर पुगेको हो ।

Classic Tech Desktop

चाँदी भने गएको शुक्रबारदेखि नै तोलाको ७ सय ४० रुपैयाँमा कारोबार भैरहेको छ ।

प्रतिकृया