समुदाय–प्रहरी साझेदारी अन्तर्गत जनचेतनामूलक कार्यक्रम
प्रकाशित मिति
२०७६ असार ८ गते, आईतवार १०:२७
भक्तपुर । मध्यपुर थिमी नगरपालिका ४ स्थीत चाँनक्य कलेजमा समुदाय प्रहरी साझेदारी अवधारणा अन्तर्गत सामुदायिक प्रहरी गठ्ठाघर केन्द्रले आइतबार समुदाय–प्रहरी साझेदारी कार्यक्रम सम्पन्न गरेको छ ।
लागूऔषध सचेतना, घरेलु हिंसा तथा घरेलु मदिरा नियन्त्रण सम्बन्धी दीर्घकालीन समाधानका बिषयमा जनचेतनामूलक प्रस्तुत गरिएको कार्यक्रममा सोहि कलेजका कक्षा ११ र १२ का विद्यार्थी लाई चेतना प्रदान गरिएको छ ।उक्त कार्यक्रममा साइबर अपराध सम्बन्धी जनचेतनामूलक प्रशिक्षण दिइएको छ । विद्यार्थीहरुलाई साईबर अपराध, यसबाट बच्ने उपाय तथा सामाजिक सन्जालको सुरक्षित प्रयोग जस्ता विषयमा प्रशिक्षण गर्नुका साथै छात्र,छात्राहरुलाई आत्मरक्षा सम्बन्धी व्यवहारिक सीप प्रदान गरिएको थियो ।

कार्यक्रममा महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी निरिक्षक कृष्ण प्र बिष्ट , प्रहरी हबलदार धन बहादुर लामा , कलेजका अध्यक्ष चन्दन कृष्ण श्रेष्ठ, कलेजका प्रिन्सिपल बासुराज रेग्मी , विद्यार्थी, शिक्षक र प्रहरी कर्मचारीहरुको सहभागिता रहेको थियो ।








प्रतिकृया