“बिप्लव समुह भनि चिनिने नेपाल कम्युनिष्ट पाटीको नेता पक्राउ”
प्रकाशित मिति
२०७६ असार ८ गते, आईतवार १०:३१
मिति २०७६/०३/०३ गते जिल्ला भक्तपुर सूर्यविनायक नगरपालिका
वडा नं. ८ दार्जिलिङ हाईटमा लुकीछिपी बसिरहेको अबस्थामा जिल्ला
रामेछाप दोरम्बा गाउँपालीका वडा नं. ६ स्थाई वतन भएका वर्ष ३६ को
अविलास भन्ने कुलदिप थापा मगरलाई चेकजाँच गर्दा बिप्लव समुह भनि
चिनिने नेपाल कम्युनिष्ट पाटीको विधान, विप्लब माओवादीको
महाधिवेशन प्रतिनिधि कुलदिप थापा मगर (अविलास) लेखिएको परिचय
पत्र, नेपाल कम्यूनिष्ट पाटी लेखिएको आर्थिक सहयोग रसिद थान ८, आठौ
महाधिवेशनमा प्रस्तुत एवं पारित विधान २०७३ लेखिएका किताव थान
२, नेपाल कम्यूनिष्ट पार्टी को लोगो भएको छाप, राजनैतिक प्रतिवेदन,
ने.क.पा. विप्लव सम्बन्धिका पर्चा पम्पलेट, आठ थान मोबाईल लगायतका
सामानहरु समेत बरामद गरी महानगरीय प्रहरी वृत्त जगाती भक्तपुरले
मिति २०७६/०३/०४ गते सम्मानित भक्तपुर जिल्ला अदालतबाट राज्य
बिरुद्धको कसुर मुद्दामा म्याद थप गरी थप अनुसन्धान कार्य भईरहेको ।





प्रतिकृया