गाउँभरि नै अपांग बालबालिका : कोही दाम्लोमा, कोही बोल्न नसक्ने, कोही हिड्न नसक्ने
प्रकाशित मिति
२०७६ असार ८ गते, आईतवार ०९:३२
कोही ओछ्यानबाट उठ्नै सक्दैनन् । कसैका आँखा त कसैका कानमा समस्या छ । कसैको मानसिक अवस्था ठीक छैन । कोही बोल्न सक्दैनन्। कसैको कम्मरमुनिको भाग चल्दैन ।

कतिपय दाम्लोमा बाँधिएका छन् त कति कष्टपूर्ण जीवन बिताइरहेका छन् । रिब्दीकोट गाउँपालिका ख्याहास्थित जोगिथुमको कुमालबस्तीका अधिकांश बालबालिकाको समस्या हो यो ।

७० घरपरिवार रहेको विपन्न बस्तीमा अधिकांश घरमा तीनदेखि पाँचजनासम्म अपांगता भएका व्यक्ति छन् । विपन्नताका कारण उनीहरू रोगको उपचार गराउन सक्दैनन् ।
गाउँमा धेरै अपांगता भएका व्यक्ति भएपछि सबलांग व्यक्ति चिन्तित छन् । कसैले देउता रिसाए भन्छन् । कोही पितृ रिसाएको बताउँछन् । बोक्सी लागेर दुःख दिएको भन्नेहरू पनि छन् । गाउँ नै अन्धविश्वास रुमल्लिएका कारण उनीहरूको समस्या जटिल बनेको छ ।
गाउँपालिकाले जोगिथुममा ५० जनाभन्दा बढी व्यक्तिलाई अपांगता परिचयपत्र वितरण गरेको छ । ३० जनाले जटिल किसिमको परिचयपत्र ९रातो कार्ड० लिएको वडाध्यक्ष विष्णु गैरेले बताए । यो समाचार आजको अन्नपूर्ण पोस्ट दैनिकमा छ ।




प्रतिकृया