• २१ जेठ २०८३, बिहीबार
  • ११:४८ बिहान

निर्मला हत्याकाण्डमा चार प्रहरीविरुद्ध उजुरी, दुई प्रहरीको नाम खुलाइएन

प्रकाशित मिति

२०७६ असार ६ गते, शुक्रबार ०७:२८

१३ वर्षीय निर्मला पन्त हत्याकाण्ड प्रकरणमा पक्राउ परेका विशाल चौधरीले चार प्रहरीविरुद्ध उजुरी दिएका छन् । भीमदत्त नगरपालिका–१८ सालघारीका १६ वर्षीय चौधरीले याताना दिएको भन्दै तत्कालीन कञ्चनपुरका प्रहरी प्रमुखसहित चार प्रहरीविरुद्ध यातना कसुरमा उजुरी दिएका हुन् ।

बिहीबार हिजो चौधरीले तत्कालीन जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक कुवेर कडायत, प्रहरी नायब निरीक्षक प्रवक्ता कृष्ण राज ओझासहित चार जनालाई उजुरी दिएका हुन् । उजुरीमा दुई प्रहरीको नाम खुलाइएको छैन । विशालका बुवा वीरबहादुरको रहोबरमा यातानासम्बन्धी उजुरी दिएका हुन् । गत १९ मंसिरमा पक्राउ परेका विशाललाई दोस्रो दिन काठमाठौं पठाएको थियो । १८ मंसिरमा काठमाडौंबाट पक्राउ परेका प्रदीप रावलको बयानका आधारमा उनलाई पक्राउ गरिएको थियो ।

Kamana Sewa

नयाँ पत्रिका दैनिकबाट साभार

Classic Tech Desktop

प्रतिकृया