• ४ साउन २०८३, सोमबार
  • ८:०७ बेलुका

आँगनमा सुतिरहेको अवस्थामा मृत फेला

प्रकाशित मिति

२०७६ असार ५ गते, बिहीबार १०:२६

बर्दियाः जिल्लाको राजापुर नगरपालिका (३ नङ्गापुरमा एक वृद्धको हत्या गरिएको छ । बुधबार राति घरको आँगमा सुतिरहेका ५५ वर्षीय जयराम थारूको धारिलो हतियार प्रयोग गरी हत्या भएको हो। घरमा उनी र उनकी बुहारीमात्र रहेको र बुहारी घरभित्र चुकुल लगाएर सुतेको र मृतक ससुरा बाहिर आँगनमा सुतेको अवस्थामा मृत फेला परेको प्रहरीले जनाएको छ । घटनाबारे अनुसन्धान भइरहेको बर्दियाका प्रहरी नायब उपरीक्षक मदनजीत महराले बताउनु भयो ।

प्रतिकृया