• २१ असोज २०८३, बुधबार
  • ३ः०९ दिउँसो

चिनियाँ राष्ट्रपति पहिलो राजकीय भ्रमणका क्रममा उत्तर कोरियामा

प्रकाशित मिति

२०७६ असार ५ गते, बिहीबार १०:२७

बेइजिङ । चीनका राष्ट्रपति सी चिनपिङ राजकीय भ्रमणका क्रममा उत्तर कोरिया पुगेका छन्। २ दिने राजकीय भ्रमणका लागि सी बिहीबार बिहान उत्तर कोरियाको राजधानी प्योङयाङ पुगेका हुन्।

National Life

उत्तर कोरियाका प्रमुख नेता किम जोङ उनको निमन्त्रणामा उनी प्योङयाङ पुगेका हुन्। यी दुई नेताबीच आजै भेटवार्ता हुने बताइएको छ।

भेटवार्तामा परमाणु निशस्त्रीकरण, उत्तर कोरियाको अमेरिकासँगको वार्ता, नाकाबन्दी तथा आर्थिक मुद्दामा छलफल हुनेछ।

Classic Tech Mobile
Classic Tech Desktop

जापानमा हुन गइरहेको जी २० शीखर सम्मेलनभन्दा अघि यी दुई नेताबीच भेटवार्ता हुन लागेकोले विश्व राजनीतिमा यसलाई निकै महत्वका साथ हेरिएको छ।

जापानमा सी र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच समेत भेटवार्ता हुने बताइएको छ। बुधबार मात्रै ट्रम्पले सीलाई टेलिफोन गर्दै भेटवार्ताको प्रस्ताव राखेका थिए। सो प्रस्तावमाथि सीले सकारात्मक रहेको बताएका थिए।
राष्टपति सी भेटका क्रममा ट्रम किम हनोइ सम्मेलनका विषयमा पनि छलफल हुने जनाइएको छ ।

उनले हनोइ वार्ता असफल हुनुको कारण बुझेर ट्रम्पसँग पनि छलफल गरिने जनाइएको छ । आगामी साता जि २० सम्मेलन अगावै सी ले जापानमा अमेरिकि राष्ट्रपति डोनाल्ड ट्रम्पसँग पनि भेट गर्ने कार्यक्रम रहेको छ ।

सी को उत्तर कोरिया भ्रमण एक साता अघि मात्रै टुंगो लागेको हो । अमेरिकामा अवस्थित विश्लेषक साइट ३८ नर्थका प्रबन्ध सम्पादक जेनी टाउनका अनुसार यो भ्रमणलाई लिएर आश्चार्य मान्नुपर्ने कुनै कारण छैन । यो दुई देशबीचको मैत्रसम्बन्ध ७० वर्ष पुगेको वर्षगाँठको अवसरमा सम्बन्ध मजबुत बनाउने उद्देश्यले भ्रमण हुन लागेको हो ।

प्रतिकृया