विश्वकप क्रिकेट : अष्ट्रेलिया भर्सेस बंगलादेश
प्रकाशित मिति
२०७६ असार ५ गते, बिहीबार ०९:४८
आईसीसी एकदिवशीय विश्वकपमा बिहीबार बंगलादेशले अष्ट्रेलियाको सामना गर्दा उसलाई यसअघिकै प्रदर्र्शन दोहोर्याउने चुनौति हुनेछ ।
नटिङघमको ट्रेन्ट ब्रिजमा हुने खेल नेपाली समयअनुसार दिउँसो सवा ३ बजेदेखि सुरु हुनेछ । बिहानको समयमा वर्षाको पूर्वानुमान गरिएकाले खेल ढिला सुरु हुन सक्छ ।

बंगलादेशले ५ खेलमा २ उत्कृष्ट जित निकालेको छ । यही दुई खेलको प्रदर्शनलाई अष्ट्रलियाबिरुद्ध पनि निरन्तरता दिन सके बंगलादेशले अर्को अप्रत्यासित जित हासिल गर्न सक्छ ।

पछिल्लो खेलमा वेष्ट इण्डिजबिरुद्ध विश्वकपकै दोस्रो सर्बाधिक रन चेजसहितको जित निकालेको बंगलादेशले दक्षिण अफ्रिकालाई पनि पराजित गरेको थियो ।
यता साविक विजेता अष्ट्रेलियाले भने पाँच खेलमा ४ जितका साथ सेमिफाइनल प्रवेशको सम्भावना बलियो बनाइसकेको छ । उसले भारतबिरुद्ध मात्र पराजय ब्यहोरेको थियो ।
डेभिड वार्नर, आरोन फिन्च र स्टिभ स्मिथको ब्याटिङ तथा मिचेल स्टार्क र प्याट कुमिन्सको बलिङ पछिल्ला ५ खेलमा अष्ट्रेलियाका लागि निर्णायक रहँदै आएको छ । पछिल्लो खेलमा श्रीलंकाबिरुद्ध कप्तान फिन्चले १५३ रनको शतकीय पारी खेलेका थिए ।
बंगलादेश धेरै हदसम्म भेट्रान अलराउण्डर सकिव अल हसनको प्रदर्शनमा निर्भर हुनेछ, यसअघिका खेलहरुमा पनि उनी नै निर्णायक थिए । आईसीसी एकदिवशीय बरियतामा शीर्ष स्थानका अलराउण्डर ३२ वर्षीय सकिवले अहिलेसम्म २ शतकसहित ३८४ रन प्रहार गरिसकेका छन् । जुन यस विश्वकपमा अहिलेसम्मकै सर्बाधिक हो ।




प्रतिकृया