कस्ता हुन्छन मंगलबार जन्मेका व्यक्ति ? जानि राखौं
प्रकाशित मिति
२०७६ असार ३ गते, मंगलवार ०७:२०
ज्योतिष शास्त्रले बताएअनुसार सौर्यमण्डलमा रहेका ताराहरु र ग्रहका ताराहरुको आपसी सम्बन्धबाट प्राप्त हुने किरण वा तरंगहरुलाई सूक्ष्म गणितीय सूत्रबाट अध्यायन गरेर पृथ्वीमा विद्यमान पर्ने प्रभावको अध्ययन र विश्लेषण गर्ने अद्धितिय विज्ञान हो ।
मानिस जन्मेको समय र वातावरणले भविष्य निर्धारण गर्ने गर्छ । कुन व्यक्ति कुन बार कुन समयमा जन्मेका हो भन्ने बारे उक्त समय र साइतले निर्धारण गर्ने ज्योतिष शास्त्रमा उल्लेख गरिएको छ ।

मानिसको जन्ममा बारले पनि निकै प्रभाव पारेको हुन्छ । त्यस्तै आज हामी तपाईहरुलाई मंगलबार जन्मेको व्यक्तिको भविष्यको आचरणको बारेमा केही बताउन गइरहेका छौँ ।

मंगलबार
१ मंगलबार जन्मेका व्यक्तिहरु निकै बहादुर, स्मार्ट र एक्टिभ हुने गर्दछन् ।
२ यी व्यक्तिहरु अरु मानिसहरुलाई सहयोग गर्न सधैँ तत्पर रहन्छन्, उनीहरुको स्वभाव परोपकारी किसिमको हुने गर्दछ ।
३ यी व्यक्तिहरु आफ्नो हरेक काम निकै गम्भीरताका साथ गर्ने गर्दछन् ।
४ मंगलबार जन्मने व्यक्तिहरु गलत कुराहरु सहन नसक्ने भएका कारण उनीहरुलाई रिस पनि धेरै नै उठ्ने गर्दछ ।
५ उनीहरुलाई विलासिताको जीवन बाँच्न मनपर्ने हुँदा यी व्यक्तिहरुसँग निकै धेरै लुगा, गाडी, घरलगायत विलासिताका सबै सामग्रीहरु हुने गर्दछ ।
६ यस्ता व्यक्तिहरु इमान्दार हुने गर्दछन् र साँचो कुरा बोल्ने गर्दछन् जसकारण आफ्नो बलबुँतामा नै सफलता हाँसिल गर्ने गर्दछन् ।
७ यिनिहरु सामाजिक हुँदैनन् र भगवानमाथि विश्वास राख्ने गर्दछन् ।
८ यस्ता व्यक्तिहरु सजिलैसँग कसैलाई माफी दिँदैनन् ।
९ यी व्यक्तिहरु निकै खर्चिला हुने गर्दछन् र आफ्नो निर्णय आफैँ लिने गर्दछन् ।
१० उनीहरुको वैवाहिक जीवन निकै सुखमय तरिकाले व्यतीत हुने गर्दछ र उनीहरुले निकै राम्रो जीवनसाथी पाउने गर्दछन् ।
११ कुनै पनि कुरामा छिट्टै मन भरिने कुरा यी व्यक्तिहरुको नकारात्मक पक्ष हो ।
१२ स्ट्रेट फरवार्ड हुने भएका कारण धेरैजसो मानिसहरुले उनीहरुको बारेमा गलत धारणा बनाउने गर्दछन् तर यी व्यक्तिहरुको मन निकै कोमल हुने गर्दछ ।




प्रतिकृया