• ४ साउन २०८३, सोमबार
  • १:०६ बिहान

मोरङको पथरी शनिश्चरे नगरपालिकामा २ महिनामा ४ शव भेटिए

प्रकाशित मिति

२०७६ असार ३ गते, मंगलवार ०७:१४

पथरी । मोरङको पथरी शनिश्चरे नगरपालिका क्षेत्रमा २ महिनाकोमा ४ वटा शव फेला परेका छन् । पछिल्लो समय असार २ गते सोमवार हिजो पथरी शनिश्चरे नगरापालिका वडा नम्वर २ मा रहेको सुन्दर सामुदायिक वनमा पहिचान खुल्न नसकेका एक व्याक्तिको सडेको अवस्थामा शव भेटिए सगै पालिकामा २ महिनाको अवधिमा शव भेटिने सङख्या ४ पुगेको हो । हिजो दिउसो वनमा घास दाउरा गर्न जाने व्याक्तिहरुले वनमा दुर्गन्ध फैलिएको थाहा पाएपछि पहिल्यादै जादा सो क्षेत्रमा एक पुरुष मृत अवस्थामा फेला परेको जनाइएको छ । पहिचान खुल्न नसकेको उनको शरिर सडिएको अवस्थामा रहेको छ ।

अन्दाजी ५० वर्षको जस्तो देखिने ति व्याक्तिको पहिचान हाल सम्म खुल्न नसकेको ईलाका प्रहरी कार्यालय पथरीका प्रमुख शुभाष भट्टराईले वताउनु भयो । मृत अवस्थामा फेला परेको व्याक्तिको अनुहार चिन्न नसकीने अवस्थामा रहेको छ ।

Kamana Sewa

एकै हप्ता वित्न नपाउदै २ शव
यस्तै ५ दिन अगाडी सोही वनक्षेत्रमा पथरी शनिश्चरे ८ मा वसोवास गर्दै आएका विमल परियारको शव विहिबार विहान रुखमा झुण्डीएको अवस्थामा फेला परेको थियो । झुण्डीएको अवस्थामा स्थानीय जंगल रेखदेख गर्नेहरुले शव भेटेपछि प्रहरीलाई खवर गरेका थिए । भने उनको मृत्युको कारण अझै खुल्न सकेको छैन ।

Classic Tech Desktop

यस्तै पथरीशनिश्चरेकै वडा नं. ५ बालुवाटारमा गत जेष्ठ २८ गते मंगलवार एकजना पुरुष मृत फेला परेका थिए । पथरीशनिश्चरे वडा नं. ४ का करिब ५५ वर्षीय अर्जुन माझी मंगलबार विहान नालीमा मृत अवस्थामा भेटिएका हुन । स्थाइ घर वडा नं. ४ मा भएता पनि पछिल्लो समय उनका काका पर्ने वडा नं. ५ कै गम्भिर माझीको घरमा बस्दै आएका थिए ।  सोमबार राति नै उनले मापसे गरेको र रातको समयमा ठुलो पानी पनि परेकाले वेसुरमा रहेका माझी नालीमा पसेको समयमा ज्यान गएको हुन सक्ने अनुुमान गरिएको इलाका प्रहरी कार्यालय पथरीले जनाएको थियो । माझीको शब पोष्टमार्टमका पश्चात अन्तेष्टि गरिएको छ ।

२ महिना अगाडी यस्तो भएको थियो वनक्षेत्रमै
यस्तै केही समय अगाडी मोरङको पथरीशनिश्चरे नगरपालिका वडा नम्बर १० मा रहेको पशुपति सामुदायिक बन क्षेत्रको बाघे सिमसारमा एक व्यक्ति मृत अवस्थामा भेटिका थिए । सालको रुखमा डोरी बाँधिएको र मृतकको घाँटीमा पनि डोरी रहेको अवस्थामा भेटिएको उनको शव सड्न थालेको अवस्थामा भेटिएको थियो । बैशाख २६ गते राति घरमा सुतेका उनी भोलिपल्ट बिहान घरमा नभेटिएपछि खोज्दै जादा बैशाख ३० गते सो वन क्षेत्रमा मृत अवस्थामा फेला परेका थिए ।

उनको भने पहिचान गरि दाहासस्कार गरिएको छ । भने त्यसको २ महिना वित्न नपाउदै उस्तै अवस्थामा सोमवार शुन्दर सामुदायिक वन क्षेत्रमा अर्को शव फेला परेको छ । उनका छोरा राजेश धिमालले आफ्नो बुवा कमल धिमाल भएको पुष्टि गरेपछि प्रहरीले आवश्यक कानुनी प्रकृया पुरा गरि शव आफ्नलाई वुझाएको थियो ।
यता २ महिना वित्न नपाउदै उस्तै सडेको अवस्थामा भेटिएको सो शवको घटनास्थलको मुचुल्का तयार गरी शव पोष्टमार्टमका लागि अस्पताल लैजाने तयारी भएको प्रहरीले जनाएको छ ।
यसरी एक पछि अर्को शव भेटिरहेको अवस्थामा पथरीको सुरक्षा समयन्त्र प्रभावकारी हुन नसकेको स्थानिय वासी वताउदै आएका छन् ।

प्रतिकृया