• १ असोज २०८३, बिहीबार
  • ६ः०४ बेलुका

उपत्यकामा ७४ वटा सीसी क्यामेरा जडान

प्रकाशित मिति

२०७६ असार २ गते, सोमबार ०२:४६

उपत्यकाको काठमाडौँ महानगरपालिका -३२ स्थित सुविधानगर क्षेत्रभित्र ७४ वटा सीसी क्यामेरा जडान गरिएको छ ।

National Life

महानगरीय प्रहरी वृत्त बानेश्वर, सामुदायिक विकास समिति, एकीकृत उपभोक्त संघ र सुरक्षित नागरिक समाजको सहकार्यमा सीसी क्यामेरा जडान गरिएको हो ।

महानगरीय प्रहरी वृत्त बानेश्वरका प्रमुख डीएसपी गोविन्दराज काफ्लेले उक्त सीसी क्यामेरा उद्घाटन तथा हस्तान्तरण गर्दै समाजलाई सुरक्षित बनाउन सीसीटिभी क्यामेराले महत्वपूर्ण भूमिका खेल्ने बताए । डीएसपी काफ्लेले विधिन्न सरकारी निकाय र नीजि संघसंस्थाहरुको सहकार्यमा ३७ लाख ३५ हजार रुपैयाँ लागतमा ७४ वटा सीसी क्यामेरा जडान गरिएको बताए ।

Classic Tech Mobile
Classic Tech Desktop

 

प्रतिकृया