• १ असोज २०८३, बिहीबार
  • १०ः१० बिहान

अब युएईमा नेपाली कामदारलाई विदेशीसरह सुविधा

प्रकाशित मिति

२०७६ जेष्ठ ३२ गते, शनिबार ०७:४३

 

National Life

नेपाली कामदारका लागि चौथो प्रमुख रोजगार गन्तव्य युएईसँग शुक्रबार श्रम समझदारी भएको छ ।

अन्तर्राष्ट्रिय श्रम संगठन ९आईएलओ०को शतवार्षिकीमा भाग लिन जेनेभा पुगेका श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्ट र युएईका समकमक्षी नसिर बिन थानी अल हम्लीबीच सम्झौतामा हस्ताक्षर भएको हो ।

Classic Tech Mobile
Classic Tech Desktop

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका अनुसार २००७ मा गरिएको श्रम समझादारीलाई प्रतिस्थापन गरी नयाँ समझादारीमा हस्ताक्षर गरिएको हो ।

सम्झौतामा कामदार भर्ना प्रक्रिया पारदर्शी बनाउँदै नेपालीलाई विदेशीसरह हैसियत र सुविधा दिने, कामदार भर्ना प्रक्रियामा लाग्ने शुल्क र सेवाशुल्क रोजगारदाताले ब्यहोर्ने उल्लेख छ । यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।

प्रतिकृया