• ४ साउन २०८३, सोमबार
  • ७:१५ बेलुका

अमेरिका सपना : ७५ लाख डुबाएर १७ महिना जेल

प्रकाशित मिति

२०७६ जेष्ठ ३२ गते, शनिबार ०७:४१

 

अमेरिका जाने सपनामा दाङका एक युवकले ७५ लाख रुपैयाँ मात्र गुमाएनन्, १७ महिना जेलसमेत बिताउनुपरेको छ । मानव तस्करलको पछि लागेर विभिन्न देश हुँदै अमेरिका पुगेका ती युवा अमेरिकाममै १७ महिना जेल परेका हुन् ।

Kamana Sewa

उनलाई अमेरिका पठाउने गिरोहका सदस्य टोपबहादुर जिसीलाई प्रहरीले पक्राउ गरी मुद्दा चलाएको छ । प्रहरीका अनुसार अमेरिका लैजान सुरुमै उनीसँग २० लाख रुपैयाँ लिइएको थियो । पछि बाटोमा धम्क्याएर थप पैसा असुली गरिएको हो ।

Classic Tech Desktop

भारतबाट युएई हुँदै उनलाई ब्राजिल लगिएको थियो । त्यहाँबाट विभिन्न देशको सडकमार्ग हुँदै अमेरिका लगिएको हो । मेक्सिकोबाट अमेरिका छिरेलगत्तै पक्राउ परेका उनी त्यहाँ १७ महिना जेल परे । जेलबाट छुटेपछि उनलाई नेपाल डिपोर्ट गरिएको थियो । पक्राउ परेका जिसीले हाल मृत्यु भइसकेका एक प्रदेशसभा सदस्यको निर्देशनमा पैसा लिएको बयान दिएका छन् ।

पछिल्लो समय नेपाल मानव तस्करीमा विश्वकै प्रमुख स्रोत बनिसकेको छ । छिमेकी देश हुँदै अफ्रिकादेखि अमेरिकासम्म नेपाली युवायुवतीको तस्करी हुने गरेको छ । यो समाचार आजको नया पत्रिका दैनिकमा छ ।

प्रतिकृया