इंग्ल्याण्डद्वारा इण्डिज आठ विकेटले पराजित, रुटको विश्वकप मा दुई शतक
प्रकाशित मिति
२०७६ जेष्ठ ३२ गते, शनिबार ०७:२३
वेष्ट इण्डिजनलाई हराउँदै इंग्ल्याण्ड आईसीसी विश्वकप अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । शुक्रबार भएको खेलमा इंग्ल्याण्डले वेष्टइण्डिजलाई नौ विकेटले हरायो ।

वेष्ट इण्डिजले दिएको २१३ रनको सामान्य लक्ष्य इंग्ल्याण्डले ३३।१ ओभरमा दुई विकेट गुमाएर पूरा ग¥यो । इंग्ल्याण्डको जितमा जो रुटले शतकीय योगदान दिए । आक्रामक ब्याटिङ गरेका रुटले अविजित १०० रन बनाए । उनले ९४ बलमा १०० रन बनाएका थिए । रुटको विश्वकपमा यो दोस्रो शतक हो । यसअघि पाकिस्तानविरुद्धको खेलमा उनले १०७ रनको शतकीय पारी खेलेका थिए ।

त्यसअघि ओपन जोनी बेइर्स्टोले पनि ४५ रन बनाएका थिए । पहिलो विकेटका लागि रुट र बेइर्स्टोले ९५ रनको साझेदारी गरे भने रुटले क्रिश वक्ससँग मिलेर पनि १०४ रनको साझेदारी गरे । वक्सले ४० रन बनाएका थिए ।
यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको वेष्ट इण्डिजले ४४।४ ओभरमा सबै विकेट गुमाउँदै २१२ रन बनाएको थियो । वेष्ट इण्डिजका लागि निकोलस पुरनले सर्वाधिक ६३ रनको योगदान दिए भने सिमरन हेटमेयरले ३९ रन बनाए । क्रिश गेलले पनि ३६ रन बनाए । अन्य ब्याट्सम्यानको प्रदर्शन खराब रह्यो । इण्डिजका पाँच ब्याट्सम्यानले खाता पनि खोल्न सकेनन् ।
इण्डिजलाई सस्तैमा समेट्नका लागि जोफ्रा आर्चर र मार्क उडले तीन तीन विकेट लिए भने जो रुटले दुई विकेट हात पारे ।
इंग्ल्याण्डले चार खेलबाट ६ अंक बनाउँदै दोस्रो स्थानमा उक्लिएको छ । अहिलेसम्म हार नब्यहोरेको न्यूजिल्याण्ड ७ अंकसहित तालिकाको दोस्रो स्थानमा छ । वेष्ट इण्डिज भने चार खेलबाट तीन अंक जोड्दै छैटौं स्थानमा छ ।




प्रतिकृया