• ३ साउन २०८३, आइतबार
  • ३:३४ बेलुका

अन्तरिक्षमा भएको अत्यधिक विकिरण ले मानव सभ्यता जोखिममा

प्रकाशित मिति

२०७६ जेष्ठ ३१ गते, शुक्रबार ०१:०९

काठमाडौं । सामान्यतया सूर्यको बाहिरी सहत चलायमान र तातो हुने गर्छ । तर नासाले हालै सार्वजनिक गरेका तस्बिरमा सूर्यको सतह निकै शान्त भइरहेको देखिन्छ । यसरी सौर्य सतह शान्त हुनु आधुनिक मानव सभ्यताका लागि खतराको संकेत समेत भएको वैज्ञानिकको भनाइ छ ।
वैज्ञानिकका अनुसार न्युनतम सौर्य चक्र (solar minimum) मा सूर्य प्रवेश गर्दा यसको बाहिरी सहत निकै शान्त हुने गर्छ ।

Kamana Sewa

के हो न्युनतम सौर्य चक्र ?
सूर्य हरेक ११ वर्षमा २ वटा चक्रमा प्रवेश गर्छ । यी २ चक्रलाई वैज्ञानिकले अधिकतम सौर्य चक्र  र न्युनतम सौर्य चक्र भनेर नामाकरण गरेका छन् । अधिकतम सौर्य चक्रमा सूर्यको बाहिर सतहमा देखिने काला धब्बा र चमकको मात्रा बढ्छ, सौर्य प्रकाश वा विकिरण अत्यधिक मात्रामा फैलिने गर्छ र अन्तरीक्षमा तातो ग्यासका मात्रा वृद्धि हुन्छ ।

Classic Tech Desktop

तर न्युनतम सौर्य चक्रमा सूर्यको सतहमा देखिने काला धब्बा र चमकको मात्रा कम हुने गर्छ । यस चक्रमा सूर्यको चुम्बकीय क्षेत्र कमजोर हुन्छ जसले गर्दा हाम्रो सौर्यमण्डभन्दा बाहिरबाट आउने विकिरण पृथ्वीतिर आउँछन् ।

यति मात्रै होइन । न्युनतम सौर्य चक्रमा पृथ्वीको वायुमण्डल चिसो हुने गर्छ । तर सूर्यले अधिकतम सौर्य चक्रमा प्रवेश गर्नुपूर्व सौर्य सतह चलायमान र चम्किलो हुँदै जान्छ र अचानक विकिरण विस्फोट हुन्छ । यस क्रममा अत्यधिक मात्रामा तातो ग्याँग अन्तरिक्षमा फैलिन्छ जसले गर्दा सूर्यको सतहमा सुन्दर गाँठाहरु देखिने गर्छन्।

आधुनिक मानव सभ्यता नै नष्ट हुन सक्ने वैज्ञानिकको चेतावनी

हालको न्युनतम सौर्य चक्र पार गरेपछि अत्यधिक मात्रामा विकिरण विस्फोट हुने र यसबाट अन्तरिक्षयात्री तथा भू-उपग्रहमा क्षति पुग्न सक्छ । त्यसैले आधुनिक मानव सभ्यता नै खतरामा पर्ने चेतावनी वैज्ञानिकले दिएका छन् ।

विकिरण विस्फोटबाट विशेषगरी अन्तरिक्षयान र भू-उपग्रह जोखिममा पर्ने नासाले जनाएको छ । तीव्रगतिमा फैलिने यस्ता विकिरणले भू-उपग्रहमा हानि पुग्न गई आधुनिक मानव सभ्यता नै संकटमा पर्न सक्छ।

अन्तरिक्षमा अत्यधिक मात्रामा विकिरण फैलिएमा सूचना तथा सञ्चार प्रविधि तहस-नहस हुन सक्ने वैज्ञानिकले बताएका छन् । अन्तरिक्षमा फैलिने अत्यधिक विकिरणका कारण पृथ्वीको चुम्बकीय क्षेत्र निकै खुम्चिन्छ । जसले गर्दा सूचना प्रविधिमा प्रयोग हुने तारमा थप करेन्ट सिर्जना हुन्छ । फलस्वरुपस् विश्वभर रहेका पावर ग्रिड र विद्युतीय सामानमा अकल्पनीय क्षति हुन सक्छ । साभार साझा

प्रतिकृया