• ४ साउन २०८३, सोमबार
  • ३:२१ बिहान

नेपाली गीतमा नृत्य : सन्नी लियोनको तारिफ , गीतको आलोचना , हेर्नुहोस् भिडियो

प्रकाशित मिति

२०७६ जेष्ठ ३१ गते, शुक्रबार १०:४२

गौरब .

बलिउडको अभिनेत्री सन्नी लियोनले पहिलो पटक नेपाली गीतमा डान्स गरेकी छिन् । नेपाली फिल्म ‘पासवर्ड’ को आजको साम’ बोलको गीत सार्वजनिक गरिएको छ । उक्त गीतलाई युटुबमार्फत सार्वजनिक गरिएको हो । सार्वजनिक गरिएको यस गीतमा सन्नीलाई बलिउड कोरियोग्राफर बिष्णु देभाले निर्देशन गरेका छन् ।

Kamana Sewa

यस गीतमा सन्नीलाई दुई सयभन्दा बढी डान्सरले साथ दिएका छन् । बिक्रम जोशीको शब्द रहेको यस गीतमा अर्जुन पोखरेलले संगीत दिएका छन् ।दुर्गा खरेलको स्वर रहेको उक्त गीतको भिडियोलाई लण्डनमा छायाँकन गरिएको हो ।

Classic Tech Desktop

सन्नीले पहिलो पटक नेपाली फिल्मको गीतमा नृत्य गरेकी हुन् । उनले यस गीतमा नृत्य गरे बापत दुई करोड भारतीय रुपैयाँ परिक्ष्रमिक लिएको फिल्मको निर्माण टिमले बताएको छ ।

एबी इन्टरनेशनलको ब्यानरमा बनेको यस फिल्ममा बिक्रम जोशी, बुद्धि तामाङ, छुल्ठिम गुरुङ, बिक्रान्त बस्नेत, रविन्द्र झा, प्रविण खतिवडा, लिशा सुनार लगायत कलाकारहरुको अभिनय रहेको छ । फिल्मलाई हिरल जोशी र अमित बस्नेतले निर्माण गरेका हुन् ।

अजित कुमार थापा सह९निर्माता रहेको फिल्ममा अंकित गौतम कार्यकारी निर्मातामा छन् । फिल्ममा अभिनेता अनुप विक्रम शाही नेगेटिभ रोलमा देखिने भएका छन् । फिल्म यहि भदौ २७ गतेबाट देशभर प्रदर्शनमा आउने भएको छ ।

https://www.youtube.com/watch?v=TGNlBS9xXtI

प्रतिकृया