विश्वकप : अपराजित रहने लक्ष्य, भारत भर्सेस न्युजिल्याण्ड
प्रकाशित मिति
२०७६ जेष्ठ ३० गते, बिहीबार १०:३३
गौरब ।
भारत र न्युजिल्याण्ड जारी विश्वकपमा अपराजित टोली हुन् । ३ खेलमा शतप्रतिशत जित हासिल गरेको न्युजिल्याण्ड अंकतालिकाको शीर्ष स्थानमा छ ।
यी दुईको खेल ट्रेन्ट ब्रिजमा नेपाली समयअनुसार दिउसो सवा ३ वजेदेखि सुरु हुनेछ ।

बिहीबारको खेलमा दुवै टोली आआफ्नो जितको यात्रा कायम राख्न चाहन्छन् । तर, ओपनिङ ब्याट्सम्यान शिखर धवन चोटग्रस्त भएपछि भारतीय टोली संकटमा परेको छ । उसका लागि विकल्पहरु त प्रसस्तै छन्, यद्यपी अष्ट्रेलियाबिरुद्धको अघिल्लो खेलमा शानदार शतक प्रहार गरेका उनको अनुपस्थिति अवश्य पनि खड्किनेछ ।

भारतीय टोलीको ओपनिङमा रोहित शर्मालाई केएल राहुलले साथ दिने सम्भावना छ । राहुल अहिले चौथो नम्बरमा ब्याटिङ गरिरहेका छन् । ट्रेन्टब्रिजको सानो मैदान र बदलीयुक्त मौसममा भारतका स्पिनरहरुका लागि चुनौति हुने सम्भावना छ । किनभने उनीहरुले नै यसअघिका दुई खेलमा निर्णायक क्षणमा भारतलाई सपलता दिलाएका थिए ।
न्युजिल्याण्डको उत्कृष्ट फाष्ट बलिङ आक्रमणको सामना गर्नु भारतीय टोलीका लागि चुनौति हुनेछ । न्युजिल्याण्डले यसअघिका तीनै खेलमा हासिल गरेको जितले उसमा अधिक आत्मविश्वास छ । त्यसमाथि विश्वकपअघिको अभ्यास खेलमा न्युजिल्याण्डले भारतलाई ६ विकेटले पराजित गरेको थियो ।
्कप्तान केन विलियम्ससहित न्युजिल्याण्डका शीर्ष क्रमका ब्याटसम्यानहरुले यस प्रतियोगितामा उत्कृष्ट खेलिरहेका छन् । त्यसकारण उसको मध्यपंक्तिको परीक्षण हुन पाएको छैन । भारतबिरुद्ध उसको मध्यक्रमको परीक्षणको समय आउन सक्छ ।
न्युजिलयाण्डका लोकी फर्गुसन र म्याट हेनरीले अहिलेसम्म सर्बाधिक १५ विकेट लिएका छन् । न्युजिल्याण्डमा पर्याप्त फाष्ट बलरको बिकल्प छ र इंग्ल्याण्डको पीचमा उसका लागि खुसीको कुरा हो ।




प्रतिकृया