• २७ भदौ २०८३, शनिबार
  • ५ः०८ बेलुका

कपिलवस्तु मा २१ लाख बढिको सुन चादि र नगद चोरि

प्रकाशित मिति

२०७६ जेष्ठ ३० गते, बिहीबार ०९:५९

कपिलवस्तु नगरपालिका वडा नम्बर १ कालिका टोल स्थित जय माता दि सुन चादि पसलमा गए राति २१ लाख बढिको सुन चादि र नगद चोरि भएको छ ।

National Life

संचालक बिनोद सोनारका अनुसार पसल भित्रको लकरमा राखिएको १८ लाख ९० हजार मुल्यको ३० तोला सुनको तयारि गहना र २ लाख ७० हजार नगद चोरि भएको हो ।

पसलको सटरमा कुनै तोडफोड नै नगरि भएको चोरि रहस्यमय देखिएको छ । पसल संग जोडिएको नया बन्दै गरेको भवनबाट चोरहरु भित्र पसेको हुन सक्ने संचालन सोनारले बताए ।

Classic Tech Mobile
Classic Tech Desktop

घटना बारे जिल्ला प्रहरी कार्यालय कपिलवस्तुको प्रहरी टोलिले आवश्यक अनुसन्धान शुरु गरेको छ ।

प्रतिकृया