• ४ साउन २०८३, सोमबार
  • १:१२ बिहान

पोखरामा गोली लागेका थापा को अवस्था खतरामुक्त

प्रकाशित मिति

२०७६ जेष्ठ २९ गते, बुधबार ०१:३६

काठमाडौं ।
हाल पोखरामा प्रहरीको गोली लागेर घाइते भएका लागु औषध कारोबारी गोविन्द थापा खतरामुक्त रहेको चिकित्सकले बताएका छन् ।

देब्रे खुट्टाको घुँडा मुनी गोली लागेका थापाको पोखरा स्वास्थ्य विज्ञान प्रतिस्ठान पश्चिमाअञ्चल क्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ । अस्पतालका डाक्टर सुमन पौडेलले थापाको अवस्था खतरामुक्त रहेको बताए ।

Kamana Sewa

प्रहरीले थापा कुख्यात लागु औषध कारोबारी र नियमित सेवनकर्ता रहेको जनाएको छ । ठूलो परिमाणमा लागु औषध ओसार पसार गरिरहेको अवस्थामा उनलाई पक्राउ गर्न प्रहरीले गोली चलाएको हो ।

Classic Tech Desktop

उनको साथबाट कम्तिमा १५ सय सेट लागु औषध बरामद भएको छ ।

पक्राउ परेका थापा यसअघि लागु औषध ओसार पसार गरेको आरोपमा दुबईमा पनि पक्राउ परेका प्रहरीले जनाएको छ ।

उनलाई आज बिहान पोखराको उत्तम चोकमा लागूऔषध कारोबारीलाई पक्राउ गर्ने क्रममा प्रहरीले गोली चलाएको थियो ।

लागूऔषध कारोबारी गोविन्द थापा ‘जोन’लाई पक्राउ गर्ने क्रममा गोली चलाउनुपरेको प्रहरीले जनाएको हो ।

जिल्ला प्रहरी कार्यालय कास्कीका डीएसपी दानबहादुर कार्कीका अनुसार प्रहरी टोलीले गोली चलाएर थापालाई पक्राउ गर्न सफल भएको छ ।
‘पक्राउ गर्ने क्रममा भाग्न खोजेपछि गोली चलाउनुपरेको हो,’ डीएसपी कार्कीले भने । उनलाई गोलि लागेपछि उपचारका लागी अस्पताल लगिएको थियो ।

प्रतिकृया