भक्तपुरको मोडर्न स्कुलमा ‘सारेगम लिटिल चाम्स’ का आयुष केसीलाई भब्य सम्मान
प्रकाशित मिति
२०७६ जेष्ठ २८ गते, मंगलवार ०१:५३
गौरब निरौला . भारतको लोकप्रिय टेलिभिजन जी टीभीबाट प्रशारण हुँदै आएको ‘सारेगम लिटिल चाम्स’ मा चौथो स्थान हासिल गर्न सफल आयुष केसी सोमबार नेपाल आएका छन् । उनलाई त्रिभुवन विमानस्थलमा उनका आफन्त सहित धेरैले बाजा बजाएरै स्वागत गरेका थिए भने भक्तपुरमा पनि उनलाई ठुलो स्वागत गरिएको छ ।

मंगलबार आयुष अध्यन गर्ने भक्तपुरको मोडर्न स्कुलमा उनलाई ठुलो सम्मान सहित नगद रु एक लाख प्रदान गरिएको छ।

सम्मान गर्ने क्रममा मोडर्न स्कुलका अध्यक्ष बाबुकाजी कसपाल ले आयुष र प्रितम दुबैले देशको नाम उच्च पारेको मा प्रशंशा गर्दै आगामी दिनमा विधार्थीलाई शिक्षा सँगसँगै संगीत तर्फ नि अग्रसर बनाउने बताउनुभयो ।


‘सारेगम लिटिल चाम्स’ मा चौथो स्थान हासिल गर्न सफल भएका आयुष केसीले आगामी दिनमा पनि आफूले कोशिश गर्ने र आफनो कोशिशमा सबै साथ पाउने आशा व्यक्त गरेका छन ।
आयुषले भने–‘आउँदो दिनमा पनि आयुष केसी भनेर चिन्नेहरुले माया गरिदिनुहोला । म मेरा कमी कमजोरी सुधार गर्दै अगाडि बढ्छु ।’ उनले सबैले यहाँ सम्म पुग्न साथ र सहयोग गर्नुभएको मा सबैप्रति आभार प्रकट गरे ।

सूर्यविनायक नगरपालिका का प्रमुख बासुदेब थापा बिशेष अतिथि सहित मोडर्न स्कुलका अध्यक्ष बाबुकाजी कसपाल, प्रार्चाय अनिल कसपाल , जिल्ला शिक्षा समन्बय इकाई प्रमुख खेमनाथ पोखरेल, भक्तपुर पत्रकार महासंघका अध्यक्ष पुस्करराज बुढाथोकी लगायतको आतित्थ्यमा उक्त सम्मान कार्यक्रम भएको हो ।





प्रतिकृया