• ४ साउन २०८३, सोमबार
  • ३:२८ बिहान

काठमाडौं, काभ्रे र कास्कीबाट २५ जुवाडे पक्राउ

प्रकाशित मिति

२०७६ जेष्ठ २८ गते, मंगलवार ०१:५२

प्रहरीले काठमाडौं, काभ्रे र कास्कीबाट जुवातास खेलिरहेको अवस्थामा २५ जुवाडे पक्राउ गरेको हो ।

यसैगरी, काभ्रेको बनेपा नगरपालिका–१ टुकुचा बस्ने ३४ वर्षीय योगेश श्रेष्ठको घरमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले योगेश समेत ५ जनालाई पक्राउ गरेको छ ।जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय बनेपाबाट खटिएको प्रहरीले उनीहरुलाई नगद १ लाख ७१ हजार रुपैयाँ र १ सय ६० पिस तास सहित सोमबार राति पक्राउ गरेको हो ।

Kamana Sewa

काठमाडौं महानगरपालिका–६ बौद्ध रामहिटीस्थित छिरिङ लामाको घरमा जुवातास खेलिरहेको अबस्थामा प्रहरीले रामहिटी बस्ने मकवानपुर हेटौंडा उपमहानगरपालिका घर भएका ३३ वर्षीया रेवती लामा समेत ७ जनालाई पक्राउ गरेको छ ।
जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले टोलीले उनीहरुलाई नगद ३३ हजार २ सय ८५ रुपैयाँ र ३ बुक तास सहित सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

Classic Tech Desktop

यसैगरी। कास्कीकै पोखरा महानगरपालिका–५ मालेपाटनस्थित होटल बाँसघारीमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले सोही ठाउँ बस्ने ३० वर्षीय दिपसन गुरुङ समेत ६ जनालाई पक्राउ गरेको छ ।

यस्तै, कास्कीको पोखरा महानगरपालिका–१३ लामादहरा बस्ने ४३ वर्षीय राजु तामाङको घरमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले राजु समेत ७ जनालाई पक्राउ गरेको छ ।
वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरीले उनीहरुलाई नगद २५ हजार ४ सय ९५ रुपैयाँ र ३ बुक तास सहित सोमबार बेलुका प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले नगद ५२ हजार ६० रुपैयाँ र ४ बुक तास सहित सोमबार बेलुका पक्राउ गरेको हो ।

प्रतिकृया