• ४ साउन २०८३, सोमबार
  • ३:५९ बिहान

मोटरसाइकल चोरी गरी किनबेच गर्ने एक समुह पक्राउ

प्रकाशित मिति

२०७६ जेष्ठ २७ गते, सोमबार ११:२०

भारत तथा नेपालका विभिन्न स्थानबाट मोटरसाइकल चोरी गरी किनबेच गर्ने ५ जनाको समुह पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय बारा र ईलाका प्रहरी कार्यालय बारागढीबाट खटिएको संयुक्त प्रहरी टोलीले उनीहरुलाई बारागढी गाउँपालिका–२ दौरवा मठबाट पक्राउ गरिएको प्रहरी कार्यालय बाराले बताएको छ ।

Kamana Sewa

पक्राउ पर्नेहरुमा सिम्रौनगढ नगरपालिकाका–८ का १९ वर्षीय श्याम सुन्दर यादव, १८ वर्षीय गुलसन प्रसाद यादव र बारागढी गाउँपालिका–२ का २० वर्षीय सुरेश मुखिया बिन,  बारागढी गाउँपालिका–२ मलाही टोल बस्ने १८ वर्षीय धर्मेन्द्र मुखिया बिन र सोही ठाउँका १९ वर्षीय नन्दकिशोर सहनी रहेका छन् ।

Classic Tech Desktop

 

प्रतिकृया