पत्रकार महासंघले थालेको आन्दोलन कसैको सरकार ढाल्न पनि नभएको:अध्यक्ष आचार्य
प्रकाशित मिति
२०७६ जेष्ठ २६ गते, आईतवार ११:३५
शनिबार अपराह्न काठमाडौंको बबरमहलमा नेपाल पत्रकार महासंघको नेतृत्वमा भएको आन्दोलनमा उनीहरुले सरकारलाई सो विधेयक फिर्ता लिन माग गरेका छन् ।
मिडिया काउन्सिल विधेयकको विरोधमा पत्रकारहरुले काठमाडौंमा मानव साङ्लो बनाएर प्रदर्शन गरेका छन् । नेपाल पत्रकार महासंघको आह्वानमा पत्रकारहरुले बबरमहलदेखि माइतीघरसम्म मानव साङ्लो बनाएका हुन् ।
पत्रकार महासंघको आन्दोलनलाई राजनीतिकरण नगर्न बताउँदै यसलाई प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा भएको आन्दोलनका रुपमा लिन आचार्यले आग्रह गरे ।


उनले नेपाल पत्रकार महासंघले थालेको आन्दोलन कसैको सरकार ढाल्न पनि नभएको र कसैलाई सरकारमा पु¥याउन पनि नभएको बताए ।
आँखामा कालो पट्टी बाँधेका पत्रकारहरुले स्वतन्त्र प्रेसको पक्षमा नाराबाजी गरेका थिए । कार्यक्रममा पत्रकार महासंघका पुर्व पदाधिकारी, विभिन्न संचारगृहका सम्पादक, पत्रकारहरुको उल्लेख्य सहभागिता थियो ।
उनीहरुले प्रेस स्वतन्त्रताको पक्षमा विभिन्न नारा लेखिएका प्लेकार्डसहित आँखामा पट्टी बाँधेर सडकमा प्रर्दशन गरेका हुन् । मानवसाङ्लो बनाउनुअघि भएको कोणसभामा पत्रकार महासंघका पदाधिकारीहरु तथा पूर्व पदाधिकारीहरुले सम्बोधन गरेका थिए ।
पत्रकार महासंघका पूर्वअध्यक्ष धर्मेन्द्र झाले लोकतन्त्रको मूल्य मान्यतालाई भताभूंग पारी तानाशाही शासन व्यवस्थाका लागि ल्याइएको बताए । सरकारले ल्याएको विधेयकले अहिलेभन्दा पनि आगामी पुस्तालाई पनि असर पार्ने भन्दै विधेयक फिर्ता लिन माग गरे ।
यस्तै पत्रकार युवराज घिमिरेले सरकारले पछिल्लो समय ल्याएको मिडिया काउन्सिल विधेयकका साथै राष्ट्रिय मानव अधिकार आयोग सम्बन्धी विधेयक नागरिक स्वतन्त्रलाई निषेश गर्न ल्याएको उल्लेख गरे ।
सरकारले विधेयक फिर्ता नलिएपछि पत्रकार महासंघले छिट्टै अर्को बैठक बसेर तेस्रो चरणको आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने भएको छ ।
पत्रकार महासंघका पुर्वअध्यक्ष सुरेश आचार्यले पत्रकार महासंघ वार्ताका लागि तयार रहँदा पनि सरकारले वेवास्ता गरेको बताए । स्वतन्त्र प्रेसका लागि विगतमा पनि अन्तराष्ट्रिय मिडिया मिसन नेपाल आएको सन्र्दभ उल्लेख गर्दै उनले आवश्यक परे अहिले पनि बोलाइने बताए ।
(फोटो फिचर)













प्रतिकृया