• ४ साउन २०८३, सोमबार
  • ७:०१ बेलुका

नेपालकाे आर्थिक वृद्धिदर ७ दशमलव १ प्रतिशत पुग्ने विश्व बैंककाे प्रक्षेपण

प्रकाशित मिति

२०७६ जेष्ठ २३ गते, बिहीबार ०२:२९

विश्व बैंकले चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ७ दशमलव १ प्रतिशत पुग्ने प्रक्षेपण गरेको छ ।

बिहीबार काठमाडौँमा विश्व बैंकले सार्वजनिक गरेको नेपालको आर्थिक अवस्थासहितको प्रतिवेदनमा चालू आर्थिक वर्ष नेपालको आर्थिक वृद्धिदर ७ दशमलव १ प्रतिशत पुग्ने प्रक्षेपण गरिएको हो । प्रतिवेदनमा तीन वटै तहमा बलियो सरकार बन्नु नेपालको आर्थिक क्षेत्रको विकासका लागि अवसर भएको पनि उल्लेख गरिएको छ ।

Kamana Sewa

बैंकका दक्षिण एसियाका वरिष्ठ अर्थशास्त्री हान्स टिम्मेरले विश्वका दुई शक्तिशाली अर्थतन्त्र भएको दुई छिमेकी देश भारत र चीनबाट फाइदा लिन सके नेपालको आर्थिक विकासले झनै फड्को मार्ने देखिएको बताए ।

Classic Tech Desktop

बैंकले पर्यटकको आगमनमा वृद्धि, विद्युत आपूर्तिमा सहज तथा निजी क्षेत्रको लगानीमा भएको विस्तारका कारण व्यापार घाटा बढ्दै जाँदा पनि नेपालको आर्थिक वृद्धिदरमा कमी हुन आउने सम्भावना नदेखिएको पनि स्पष्ट पारेको छ

उक्त कार्यक्रममा बोल्दै अर्थमन्त्री डा। युवराज खतिवडाले नेपालको व्यापार घाटा बढदै गए पनि चिन्तित नहुन आग्रह गर्दै उनले आर्थिक गतिविधि बढाउँदा हुन गएको व्यापार घाटाबाट देशलाई घाटा नभई लाभ नै हुने बताए । निरन्तर रुपमा भैरहेको आर्थिक वृद्धिदरलाई कायम राख्न सरकारले विशेष ध्यान दिने अर्थमन्त्री खतिवडाको भनाइ छ ।

प्रतिकृया