• १ असोज २०८३, बिहीबार
  • १२ः५४ दिउँसो

 डोल्पाका पाटनमा यार्सागुम्बा सङ्कलकमा गएका आठ जनाको मृत्यु

प्रकाशित मिति

२०७६ जेष्ठ २३ गते, बिहीबार ०२:३६

 डोल्पाका पाटनमा यार्सागुम्बा सङ्कलकमा गएका आठ जनाको मृत्यु भएको छ ।

National Life

मृत्यु हुनेहरुमा जाजरकोट, रुकुम, जुम्ला र डोल्पाका व्यक्ति रहेका छन् । जुम्लाको पतारासी गाउँपालिका–६ का १७ वर्षीय गोपाल विष्टको शे–फोक्सुण्डो गाउँपालिकाको लामाडाँडामा लेक लागेर मृत्यु भएको छ भने जुम्ला गोठीचौर गाउँपालिका–४ का ४४ वर्षीय जयकृष्ण पाण्डेको कागमारा लेकमा भीरबाट लडेर मृत्यु भएको थियो ।

त्यस्तै, डोल्पा ठूलीभेरी नगरपालिका–११ की ३८ वर्षीया बुद्धीकुमारी कार्कीको यही जेठ १६ गते ग्यालवारा पाटनमा भीरबाट लडेर मृत्यु भएको छ भने शे–फोक्सुण्डो गाउँपालिकाको प्यारीकोप्कामा जाजरकोटका बारेकोट गाउँपालिका–६ का २२ वर्षीय रमेश चलाउनेको यही जेठ १७ गते लेक लागेर मृत्यु भएको थियो ।

Classic Tech Mobile
Classic Tech Desktop

यता जाजरकोटकै बारेकोट गाउँपालिका–१ का १८ वर्षीय कृष्ण विकको यही जेठ १८ गते मृत्यु भएको थियो भने रुकुमपश्चिम आठबीसकोट नगरपालिका–९ का ३९ वर्षीय कृष्णबहादुर शाहीको डोल्पोबुद्ध गाउँपालिकाको ताक्सीलेकमा यही जेठ २० गते लेक लागेर मृत्यु भएको र  जेठ १९ मा ग्यालवारा पाटनमा डोल्पा ठूलीभेरी नगरपालिका–५ की ४० वर्षीया धनकला बुढाकोकाे मृत्यु भयो ।

यसैगरी, जेठ २० गते काइके गाउँपालिकाको व्यासरिखीमा कान्छी विकको नवजात शिशुको चिसोका कारण मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ ।

यार्सा सङ्कलनकर्ताको स्वास्थ्यलाई ध्यान दिएर नौ ठाउँमा स्वास्थ्य शिविर राखिएका भए पनि ज्यान गुमाउनेको सङ्ख्या बढिरहेको छ । आधा दर्जन बढी घाइते र बिरामी भएर उपचार भइरहेको छ ।

प्रतिकृया