• ४ साउन २०८३, सोमबार
  • १:१९ बिहान

 फिफा अध्यक्ष इन्फान्टिनो सजिए नेपाली ढाका टोपीमा 

प्रकाशित मिति

२०७६ जेष्ठ २३ गते, बिहीबार १०:०९

गौरब ।
फिफा अध्यक्ष जियोनी इन्फान्टिनोलाई अखिल नेपाल फुटबल संघ एन्फाका अध्यक्ष कर्माछिरीङ शेर्पा र बरिष्ट उपाध्यक्ष पंकज नेम्वाङ र उपाध्यक्ष बीरबहादुर तामाङले नेपाली ढाका टोपी उपहार दिएका छन ।

फिफाको कंग्रेसका लागि हाल पेरीसमा रहेका उनीहरुले अध्यक्ष इन्फान्टिनोसँग विशेष समय मागेर नेपाली ढाका टोपी उपहार दिनुका साथै नेपाली फुटबलको बारेमा जानकारी गराएका थिए । साथै उनीहरुले पछिल्लो पटक एन्फा निर्वाचनमा भएको अनियमितताका बारेमा सार्वजनिक भएको अडियोका बारेमा पनि इन्फान्टिनोलाई जानकारी गराएका थिए ।

Kamana Sewa

इन्फान्टिनोले पनि नेपाली पदाधिकारीको कुरा राम्रोसँग सुनेको बताइएको छ । नेपाली ढाका टोपीमा इन्फान्टिनोका साथै अरु पदाधिकारीले पनि फोटो खिचेका थिए ।

Classic Tech Desktop

प्रतिकृया