• ४ साउन २०८३, सोमबार
  • ६:४१ बेलुका

आर्थिक वर्षको बजेटले तरङ्ग सिर्जना गरेको छ : सांसद बस्नेत

प्रकाशित मिति

२०७६ जेष्ठ २२ गते, बुधबार १०:०४

संघिय संसदमा मंगलबार भएको बजेट माथिको छलफलको क्रममा नेकपा का युवा नेता, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले आर्थिक वर्षको बजेटले तरङ्ग सिर्जना गरेको बताउँदै शुशिल कोइराला र शेरबहादुर देउवाको सरकारले देशमा कुनै पनि विकास गरेका नभई उनीहरुले निर्वाचन र संविधान निर्माण प्रकृयामा केही भूमिका निर्वाह मात्र गरेको बताउनुभयो ।

उहाँले विगतको १० वर्षभित्रमा भएका देशमा जे जति प्रगति तथा उन्नती भएका छन् ति सवै नेकपाको नेतृत्वको सरकारको समयमा मात्र भएको बताउनुभएको छ ।

Kamana Sewa

कतिपय सांसदहरुले राम्रो काम जति हामीले गरेको नराम्रो काम जति उसले गरेको भन्ने गरेको बताउँदै उहाँले अनावश्यक भ्रम फैलाएर जनतालाई ढाँट्न खोज्ने प्रयास नगर्न आग्रह गर्दै जनताले कसले के गर्यो भन्ने मूल्याङ्न जनताले प्रत्यक्ष रुपमा गरिरहेको समेत बताउनुभयो । उहाँले उक्त जनताको मुल्याङकन आगामी निर्वाचनबाट प्रष्ट हुने बताउनुभयो ।

Classic Tech Desktop

प्रतिपक्षी दलका सांसदहरुलाई कुनै पनि प्रकारको भ्रम नछर्न आग्रह गर्दै सांसद बस्नेतले २०६४ सालदेखी हालसम्म ७ वटा सरकार बनेको जसमा दूई वटा कांग्रेको नेतृत्वमा र बाँकी पाँच वटा नेकपाको नेतृत्वमा सरकार बनेको बताउँदै कांग्रेसको पालामा विकासको नाममा विनाश मात्र भएको बताउनुभयो ।

वर्तमान सरकारले लोकप्रिय बजेट ल्याएको बताउँदै उहाँले भन्नुभयो, ‘विद्वान अर्थमन्त्री ज्यूलाई धन्यवाद दिन चाहन्छ । वुद्धिजीवि तथा विपक्षीदलले समेत बजेटको पक्षमा नै वकालत गर्नुभएको छ । बजेट प्रस्तुत भएको दिन के टिप्पणी गर्ने भन्ने समेत साथिहरुको बुझान थिएन । कतिपय निदाएका साथीहरु ब्युझिएको र निदाएको अभिनय गर्ने साथिहरु केही नबुझेको जस्तो अभिनय गर्दै हुनुहुन्छ र उहाँहरु कहिले पनि व्युझिनुहुन्छ जस्तो मलाई लाग्दैन ।’ उहाँले बजेट समाजवाद उन्मुख भएको बताउनुभयो ।

यो सरकारले ध्यान दिएको र स्टाट विजनेसलाई दर्ता गर्ने र औपचारीक च्यानलामा ल्याउने काम यो सरकारले गरेको बताउँदै उहाँले प्रत्येक नेपालीको अनिवार्य बैंक खाताको कन्सेप्ट ल्याई कार्यान्वयवनको चरणमा अघि बढेको समेत बताउनुभयो ।

प्रदेश तथा स्थानीय तहलाई समपुरक, समन्वयीकरण र विशेष बजेट बढाईएको बताउँदै उहाँले कतिपय सांसदहरुले बजेट वितरणमूखी भएको भनि विश्लेषण गरेको भन्दै उहाँले समाजवादको आधार तयार पार्न बजेट वितरणमुखी हुनै पर्ने प्रकाश पार्नुभयो ।

प्रतिकृया